एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास « Khabarhub

एमाले वडा अधिवेशनः कास्कीमा सर्वसम्मत प्रयास


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्तर्गत कास्कीका ७२ वटै वडामा वडा अधिवेशन सुरु भएका छन् । अधिकांश वडामा सर्वसम्मतको प्रयास गरिएको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

‘सबैजसोमा सर्वसम्मत हुने बुझेका छौं । केहिमा चुनाव भएपनि आजै नतिजा आउँछ,’ उनले भने, ‘आन्तरिक प्रतिस्पर्धा स्वच्छरुपमा हुनेछ ।’

निर्वाचन कमिटी कास्कीका अध्यक्ष टिकाराम पँगेनीले सबै वडामा मतदान अधिकृत खटाएर निर्वाचन प्रक्रिया सुरु गरेको बताए । ‘उद्घाटन सत्र सबैमा एकै पटक भर्चुअल माध्यमबाट भएको छ । अहिले बन्दसत्र चलिरहेको छ,’ उनले भने, ‘सबैतिर राम्रो समाचार आइरहेको छ । सर्वसम्मतको प्रयास गरिरहनुभएको छ ।’

कास्कीसहित गण्डकीका ७५९ वडामा पनि आजै अधिवेशन भइरहेको छ । गण्डकीको सबैभन्दा धेरै स्याङजामा ९७ वडा छन् भने सबैभन्दा कम मुस्ताङमा २५ वटा वडा छन् ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ३ : ४३ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित