तास खेलिरहेका १७ जना पक्राउ « Khabarhub

तास खेलिरहेका १७ जना पक्राउ


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट १७ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुलाई नगद रकमसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धादिङको थाक्रे गाउँपालिका ७ जुगेखोलास्थित ऋषि सुबेदीको चिया पसलमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय रामेश्वर कुँवर लगायत ९ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खानीखोला र प्रहरी चौकी महादेवबेशीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार रुपैयाँ र तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै पर्वतको कुश्मा नगरपालिका ७ खरेहा बस्ने गोबिन्द अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५६ वर्षीय जित बहादुर सुनार लगायत ८ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरुलाई ९ लाख ५८ हजार ७ सय ४१ रुपैयाँ र ४ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ५ : १९ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको