सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति « Khabarhub

सुनसरीमा एमाले विवाद, धरानमा अलग अलग अधिवेशनबाट नयाँ समिति


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी– नेकपा एमालेको निकै लामो समयपछि पार्टी अधिवेशन भयो । शनिबार देशभर सबै वडामा अधिवेशनबाट नयाँ नेतृत्व आएका छन् । तर सुनसरी जिल्लामा देखिएको पार्टी विवादले जिल्लालाई मात्रै असर पारेको छैन, वडा वडामासमेत अधिवेशन हुन सकेनन् ।

जिल्लाका दुई हरिनगरा र बर्जु गाउँपालिकामा बाढीले तहसनहस पारेपछि अधिवेशनको मिति सारिएको छ । तर धरान उपमहानगरमा भने पार्टीभित्रको अन्तरसंघर्षले चारवटा वडामा अधिवेशन हुन नसकेको हो ।

केन्द्रमा भएको १० बुँदे सहमतिअनुसार पार्टी चल्नुपर्ने अडान लिएका स्थानीय नेताले वडा अधिवेशनमा आफ्नो वर्चश्व कायम राख्न पनि अलग अलग अधिवेशन सम्पन्न गरेका हुन् । धरान ८, ५, १० र ११ मा अध्यक्ष केपी ओली पक्ष र नेता भीम आचार्य पक्षले छुट्टाछुट्टै अधिवेशन गरेर नयाँ नेतृत्व चुनेका छन् । अधिवेशनबाट पार्टी एकै होला भन्ने आस गरेका कार्यकर्ता पार्टीमा पुरानै समस्या दोहोरिएपछि निराश बनेका छन् ।

किन भएन एकै स्थानमा अधिवेशन ?

केन्द्रमा १० बुँदे सहमतिअनुसार नै जिल्लामा पनि जेठ २ अघिको कमिटी आधिकारिक कि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको कमिटी आधिकारिक भन्ने विवाद हो ।

जेठ २ अघिको कमिटीले मान्यता पाउँदा नारायण सुवेदी धरान उपमहानगर अध्यक्ष रहेको कमिटीले आधिकारिकता पाउँछ । तत्कालीन केपी शर्मा ओली र माधव नेपाल पक्षको विवाद भएको थियो । सोही अनुरूप सुवेदी नेतृत्व पक्ष कमिटी आन्दोलनमा गएपछि धरानमा हर्कजंग एभेङको अध्यक्षतामा धरानमा कमिटी गठन भएको थियो । सोही कमिटीले वडा कमिटीहरू गठन गरेर गतिविधिहरू गरिरहेको छ ।

सुबेदी र एभेङ समूहले आफ्नो आफ्नो पकट बनाउन वडाका अध्यक्षमा आफूले चाहेको व्यक्ति अधिवेशनबाट छानिनुपर्ने भन्दै अडान राखेपछि विवादले उग्र रूप लिएको छ । हाल रहेका नगर अध्यक्ष एभेङले अधिवेशनमा पनि २ जेठको विषय उठाउनुले पार्टीमा समस्या परेको बताए ।

नयाँ नेतृत्व आएपछि पुराना कुरालाई बिर्सिएर अघि बढ्नुको सट्टा १०–१२ जना भेला गरेर कमिटी निर्माण गर्नुले पार्टीभित्र बखेडा निम्त्याएको उनको भनाइ छ । तर यता २ जेठलाई आधार मानेर संघर्ष गरिरहेका सुबेदी भने पार्टीमा देखिएको अवरोध हटाउन केन्द्रदेखि नै लाग्नु पर्ने बताउँछन् । अन्य जिल्लामा २ जेठअनुसार नै जिल्ला, नगरका पदाधिकारी छन् । सुनसरीमा नयाँ समिति बनाएर पार्टीको निर्देशन नमान्नुले नगरमा पनि उस्तै समस्या निम्तिएको उनको भनाइ छ ।

जिल्लामा पनि उस्तै

यो विवाद धरानमामात्र होइन, जिल्ला कमिटीमा पनि कुन कमिटी आधिकारिक हो भन्ने लफडा छ । २ जेठअघिको कमिटीलाई मान्ने हो भने रमेश बस्नेत अध्यक्ष रहेको कमिटी हुन्छ । तर, संसद् विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा गएपछि जिल्लामा पार्टी नेतृत्व विहीन बन्यो । सोही समयमा रेवती रमण भण्डारी अध्यक्ष रहेको अर्को कमिटी गठन भएको थियो । पार्टीको कार्यमा यो कमिटी क्रियाशील छ ।

जिल्ला कमिटीले अलग अलग विज्ञप्ति जारी गर्दै आफू आधिकारिक भएको दाबी गरेका छन् । सोही कमिटी मातहतको वडा अधिवेशन मात्र आधिकारिक हुने पनि जिकिर गरेका छन् । एकातर्फ जिल्ला अध्यक्षे दुवैले आफ्नो अडान छाडेका छैनन् । अर्कातर्फ नेतृत्व तहको हानथापले आम कार्यकर्ता भने निराश र दुखी बनेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : १८ बजे

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

बागमती– सत्तारुढ दलबीच सहमति नहुँदा बागमती प्रदेशसभाको सभामुख चयन प्रक्रिया

झापामा ‘स्विप अपरेसन’ एक सय अट्ठाइस जना पक्राउ

झापा– लागूऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्ध प्रहरीले सञ्चालन गरेको ‘स्विप अपरेसन’

नेपालले युएईलाई दियो २०१ रनको चुनौती

काठमाडौं– आजदेखि काठमाडौँमा सुरु भएको आईसीसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा

भूकम्पको एक दशक : राहतका घरमा ताला ठोकेर स्थानीय सहरतिर, गाउँ रित्तै

दोलखा – २०७२ साल वैशाख १२ गते अर्थात त्यो कालो

इजरायल-लेबनान वार्ता प्रयाससँगै क्षेत्रीय तनाव अझ गहिरिँदै

एजेन्सी– युरोपेली परिषद्का अध्यक्ष एन्तोनियो कोस्टाले जलडमरूलाई कुनै पनि प्रतिबन्ध