विश्वकप क्रिकेट : अस्ट्रेलियाको विजयी सुरुआत « Khabarhub

विश्वकप क्रिकेट : अस्ट्रेलियाको विजयी सुरुआत


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा अस्ट्रेलियाले विजयी सुरुआत गरेको छ । शनिबार भएको सुपर–१२ को पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई पाँच विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो ।

दक्षिण अफ्रिकाले दिएको एक ११९ रनको लक्ष्य अस्ट्रेलियाले १९ ओभर ४ बलमा ५ विकेटको गुमाएर पूरा गर्‍यो ।

अस्ट्रेलियाको जितमा स्टिभ स्मिथले सर्वाधिक ३५ रन बनाए । यस्तै मार्कुस स्टोइनिसले २४ रन जोड्दा ग्लेन म्याक्सवेलले १८ र म्याथु वेडले १५ रनको योगदान गरे ।

दक्षिण अफ्रिकाका एनरिक नर्टजीले दुई विकेट लिँदा कागिसो रवाडा, केसव महाराज र तवरेज साम्सीले समान १–१ विकेट लिए ।

यसअघि अबुधाबीमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा नौं विकेट गुमाउँदै ११८ रनको योगफल बनायो । दक्षिण अफ्रिकाका आइदेन मार्करामले सर्वाधिक ४० रन जोडे । त्यस्तै कगिसो रवाडाले १९ र डेभिड मिलरले १६ रन बनाए ।

अस्ट्रेलियाका मिचेल स्टार्क, जोस हेजलउड र एडम जाम्पाले समान दुई विकेट हात पारे ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ८ : ३४ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर