गायिका मञ्जु पौडेललाई मातृशोक | Khabarhub Khabarhub

गायिका मञ्जु पौडेललाई मातृशोक


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो ।

परिवारका अनुसार केहि समय यता क्यान्सरबाट ग्रसित भगवतीलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि कार्तिक ४ गते गुल्मी लगिएको थियो ।

भगवतीका तीन छोरी विमला गौतम, मञ्जु पौडेल र इन्दु खनाल तथा दुई छोरा सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् ।

गायिका मञ्जुले फेसबुकमार्फत आमाको निधनको जानकारी दिएकी छन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा । आखिर हामीले हार्‍याैं । हाम्रो परिवारले आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा ! हजुरको आत्माले शान्ति पाओस्’, उनले लेखेकी छन् ।

भगवतीको शनिबार नै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ३५ बजे

काठमाडौँमा हावाहुरीसहितको वर्षा

काठमाडौं– काठमाडौँमा हावाहुरीसहितको वर्षा भएको छ । आज बिहानैबाट काठमाडौँका

आईपिएलका रोचक ‘कम ब्याक’: चर्चामा कोहली

रोयल च्यालेन्जर बैंग्लोरु (आरसिबी)को शानदार ‘कम ब्याक’ यस आईपिएलको मुख्य

भारतसँग जोडिएका पर्साका सीमानाका तीन दिन बन्द हुने

पर्सा– भारतमा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै भारतसँग जोडिएका वीरगञ्जसहित

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल

रसुवा– चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ ।

दमौलीको मुख्यचोकका २० सटरमा भीषण आगलागी

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गएराति भीषण आगलागी भएको