गायिका मञ्जु पौडेललाई मातृशोक « Khabarhub

गायिका मञ्जु पौडेललाई मातृशोक


६ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका मञ्जु पौडेललाई मातृशोक परेको छ । उनकी आमा भगवती ज्ञवालीको शनिबार ६५ वर्षको उमेरमा गुल्मीमा निधन भएको हो ।

परिवारका अनुसार केहि समय यता क्यान्सरबाट ग्रसित भगवतीलाई भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराएपछि कार्तिक ४ गते गुल्मी लगिएको थियो ।

भगवतीका तीन छोरी विमला गौतम, मञ्जु पौडेल र इन्दु खनाल तथा दुई छोरा सुरेश ज्ञवाली र गणेश ज्ञवाली छन् ।

गायिका मञ्जुले फेसबुकमार्फत आमाको निधनको जानकारी दिएकी छन् । ‘हरदम प्रयास गर्दा पनि दैवको अगाडि हाम्रो केही लागेन आमा । आखिर हामीले हार्‍याैं । हाम्रो परिवारले आदर्श, मेरुदण्ड हाम्री ममतामयी आमा हामीमाझ आजबाट रहनुभएन । आमा ! हजुरको आत्माले शान्ति पाओस्’, उनले लेखेकी छन् ।

भगवतीको शनिबार नै गुल्मीको रिडीमा अन्तिम संस्कार गरिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ३५ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त