जहाजमा त्यस्तो खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड « Khabarhub

जहाजमा त्यस्तो खराब ‘स्याण्डविच’ जसको मूल्य ५ पाउन्ड


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विमानमा यात्राका क्रममा राम्रो खाना पाउने यात्रुले केवल कल्पना मात्र गर्छन् । किनभने अधिकांश विमान कम्पनीले राम्रो खाना नदिएको धेरै यात्रुको गुनासो हुने गर्दछ । तथापि विदेशमा सामान्य उडानका क्रममा पनि स्याण्डविच दिने परम्परा छ । तर रयानएयर फ्लाइटमा उडान गरिरहेकी एक महिलाले भने खानाका विषयमा नराम्रो अनुभव भोग्नु पर्‍यो ।

रयानएयर फ्लाइटमा यात्रारत ती महिलाका साथ खानाका विषयमा भद्दा मजाक भयो । उनले उडानको क्रममा विश्वको सबैभन्दा दुखी स्याण्डविच पाइन् । त्यसमाथि यसकालागि उनले ५ पाउन्ड (करिब ८ सय रुपैयाँ) पनि तिर्नुपर्‍यो । उनले सो स्याण्डविचको तस्बिर शेयर गर्दै आफ्नो दुख सार्वजनिक गरेकी छन् ।

उक्त बेकन स्याण्डविचलाई विश्वको सबैभन्दा दुखी स्याण्डविचको उपमा दिइएको छ । बेकन स्याण्डविचका नाममा विमानमा यात्रारत एमी वुड्सलाई दुई सुख्खा ब्रेडमा अलग–अलग आकारमा काटिएको बेकनको टुक्रा राखेर पस्किइएको थियो । न त त्यसमा सलाद थियो न त बटर वा चीज । कतिसम्म भने स्याण्डविचमा कैचअपसम्म दिइएन । यति खराब स्याण्डविचलाई पनि ५ पाउन्ड लिइएको थियो ।

एमीले त्यति महँगोमा खराब स्याण्डविच पाए पनि फिर्ता गरिनन् । किनभने उनी निकै भोकाएकी थिइन् । उनले पैसा फिर्ता गर्न आग्रह भने गरेकी थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : १९ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको