इरानले पठाएको मानवीय सहायता सामग्री अफगानिस्तान पुग्यो « Khabarhub

इरानले पठाएको मानवीय सहायता सामग्री अफगानिस्तान पुग्यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगानको नान्गाहार प्रान्त पुगेको छ ।

इरान सरकारले अफगानिस्तानका नागरिकका लागि पठाएको खाद्यान्न र औषधि सोमबार आइपुगेको नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले जानकारी दिएका हुन् । ती सामग्रीहरुमा जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरुसमेत छन् ।

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो । अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर त्यहाँको सरकारलाई विस्थापित गरेपछि केही देशले अफगान नागरिकलाई सहयोग गर्ने गरेका छन्।

तालिबानहरुले सत्ता विद्रोह गरेयता त्यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ०५ बजे

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ प्रदान

काठमाडौं– एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत सेवा प्रवाह गरेबापत डिजिटल

नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय आईस स्केटिङ प्रतियोगितामा सहभागी हुँदै

काठमाडौं– नेपालले इतिहासमै पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको आईस स्केटिङ प्रतियोगितामा

रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक

एजेन्सी – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेंस्कीले अमेरिकाको नेतृत्वमा तयार गरिएको

लहान र धनगढीमाईमा बजार अनुगमन

सिरहा– जिल्लामा उपभोक्ता हित संरक्षण गर्ने उद्देश्यले निरन्तर रूपमा बजार

जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा

काठमाडौं– जनता समाजवादी पार्टी, नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत