इरानले पठाएको मानवीय सहायता सामग्री अफगानिस्तान पुग्यो « Khabarhub

इरानले पठाएको मानवीय सहायता सामग्री अफगानिस्तान पुग्यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इरानले अफगानिस्तानलाई पठाएको मानवीय सहायता सामग्रीको पहिलो खेप पूर्वी अफगानको नान्गाहार प्रान्त पुगेको छ ।

इरान सरकारले अफगानिस्तानका नागरिकका लागि पठाएको खाद्यान्न र औषधि सोमबार आइपुगेको नान्गाहार प्रान्तका प्रान्तीय अधिकारी मवलावी निआज मोहमद वाहाजले जानकारी दिएका हुन् । ती सामग्रीहरुमा जाडो मौसमका लागि आवश्यक न्यायो कपडाहरुसमेत छन् ।

इरानले गत महिना पनि अफगानिस्तानका लागि यस्ता सामग्रीहरु पठाएको थियो । अफगानिस्तानका तालिबानहरुले सशस्त्र विद्रोह गरेर त्यहाँको सरकारलाई विस्थापित गरेपछि केही देशले अफगान नागरिकलाई सहयोग गर्ने गरेका छन्।

तालिबानहरुले सत्ता विद्रोह गरेयता त्यहाँका नागरिकलाई मानवीय सहयताको आवश्यकता परेको बताइएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ०५ बजे

विश्वकपमा दोस्रो जित निकाल्दै पाकिस्तान समूहको शीर्ष स्थानमा : अमेरिका ३२ रनले पराजित

काठमाडौं – आईसीसी टी–२० विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको

गैरआवासीय नेपालीको मानमर्दन नगर्न झाँक्रीलाई एनआरएनएको चेतावनी

काठमाडौं – राष्ट्रिय सभाकी सदस्य एवं पूर्वमन्त्री रामकुमारी झाँक्रीले विदेशमा

निर्वाचन २२ दिन बाँकी : ६ हजार ७४३ वडामा सञ्चालन हुँदै मतदाता शिक्षा कार्यक्रम

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २८ गते बुधबार फागुन