रेलको लिकमा खसेका व्यक्ति बचाउने बहादुर प्रहरी « Khabarhub

रेलको लिकमा खसेका व्यक्ति बचाउने बहादुर प्रहरी


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल सामाजिक सञ्जालमा अप्ठेरो वा दुर्घटनामा परेका मानिस बचाएको (रेस्क्यू) गरेको भिडियो निकै भाइरल हुने गरेको छ । यसैबीच सामाजिक सञ्जाल इन्स्टाग्राममा अहिले त्यस्तै एउटा भिडियो भाइरल बनेको छ, जहाँ रेलको लिकमा खसेको मानिसलाई मृत्युको मुखबाट बचाइएको छ ।

न्युयोर्क सिटी प्रहरी विभागले साझा गरेको भिडियोमा अमेरीकाको ब्रोन्क्समा एक व्यक्ति मेट्रो रेलको लिकमा लमतन्न भएर पल्टिएका थिए । जबकी त्यस लिकमा मेट्रो आउने तयारीमा थियो । जुनबेला ती व्यक्तिको ज्यान जाने खतरा थियो।

त्यसैबेला ती व्यक्तिलाई रेलको लिकबाट निकाल्न त्यहाँ तैनात प्रहरी आफू पनि ज्यानको जोखिम मोल्दै प्लेटफर्ममा हाम फाल्छन् । लिकमा सुतेका व्यक्ति निकाल्न लिकमा गएका प्रहरीलाई देखपछि अन्य यात्रुले पनि उनलाई सघाउँछन् ।

समाचार एजेन्सी अनुसार ६० वर्षीय ती व्यक्ति होस गुमाएर बसेका थिए र मेट्रोको लिकमा खसेका थिए । उनलाई बचाउन ज्यानको जोखिम मोल्दै लिकमा हाम फालेका प्रहरी लुडिन लोपेजका अनुसार केही किलोमिटरको दुरीमा रहेको रेल एक मिनेट मै त्यहाँ आइपुग्ने अवस्थामा थियो । यस्तोमा उनलाई बचाउन साहसको आवश्यकता थियो । त्यसैले उनी लिकमा हाम फाले र सफलतापूर्वक उनको उद्धार गरे ।

भिडियोसहित

 

 

View this post on Instagram

 

A post shared by NYPD (@nypd)

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ०२ बजे

इरानी युद्धक जहाजलाई ‘ध्वस्त’ पार्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको बन्दरगाहमा अमेरिकी ‘नौसैनिक

घातक विषादी नियन्त्रणमा कडाइ गर्न स्थानीय तहलाई अनुरोध

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्रालयले तरकारी तथा फलफूलमा

आईपीएल : राजस्थानलाई हैदरावादले दियो २१७ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)को १९औँ संस्करण अन्तर्गत २१औँ

प्रधानमन्त्री कप क्रिकेट : मधेसलाई पराजित गर्दै एपिएफ विजयी

पर्सा – प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको

विश्वध्वजासहितको पचपन्न हातको लिङ्गो उठाइयो

भक्तपुर – होस्टे, हैँसे….होस्टे, हैँसे…। आज चैतको अन्तिम दिन ।