भिजिट भिसामा दुबई पुगेका ७ नेपाली युवा अलपत्र, उद्दारको माग « Khabarhub

भिजिट भिसामा दुबई पुगेका ७ नेपाली युवा अलपत्र, उद्दारको माग



दोहा – वैदेशिक रोजगारीका लागि दुई महिना अघि युनाइटेड अरब इमिरेट्स् (यूएई) पुगेका ७ नेपाली युवा अलपत्र परेका छन् । सेप्टेम्बर १९ तारिखमा दुबई पुगेका उनीहरु अलपत्र परेका हुन् ।

सिराहाका एकै गाउँका नरेश कुमार यादव, नबिन कुमार यादव, निरज कुमार यादव, मुकेश प्रसाद यादव, कासिन्दर कुमार शाह र छोटु यादव रहेका छन् भने धनुषाका रन्जन कुमार शाह अलपत्र परेका छन् ।

उनीहरू सिराहाका एजेन्ट रबिरन्जन कुमार गुरमेहेताले दुवइको एडिमन रक कम्पनीमा मासिक तलब १३ सय दिराम हुने भन्दै पर्यटक (टुरिस्ट) भिसामा दुवइ पठाएको अलपत्र मध्यका नरेश कुमार यादवले जानकारी दिए ।

उनीहरूलाई दुबई पुग्ने बित्तिकै त्यहाँको स्थानीय एजेन्ट दुर्गा राईले विमानस्थलमा भेट गरेको र उनीहरू सातै जनासँग प्रतिव्यक्ति पाँच सय डलर लिएर अर्का एजेन्ट चित्र नाम गरेको व्यक्तिलाई जिम्मा लगाएको तथा उनले पनि उनीहरुबाट पाँच सय डलर लिएर एउटा कोठामा रहेको नरेशले बताए ।

एजेन्ट गुरमेहेताले सरसफाईमा काम लगाइदिने आश्वासन दिएर प्रतिव्यक्ति दुई लाख ३५ हजार रुपैयाँ लिएर पर्यटक (टुरिस्ट) भिसामा पठाएको उनीहरूले बताएका छन् ।

‘हामी दुवइ आएको दुई महिना भयो एजेन्टले भने अनुसारको कम्पनीमा काम पनि दिएन कहिले अर्को सप्लाई कम्पनीमा काम गर्न जाँ भन्छ ८/९ सय दिराम सुख्खा हुन्छ भन्छ,’ नरेशले खबरहबसंग भने, ‘अहिले हामीले काम गरेका छैनौ अहिले हामी तीन जनाको पासपोर्ट पनि छैन,पासपोर्ट देऊ भन्दा एक लाख रुपैयाँ देऊ भन्छ।’

अहिले आफूहरू सातै जनालाई एउटै कोठामा राखेको खाना समेत पर्याप्त नदिएको र कोठामा पनि बेड नभएकोले भुईँमा सुत्नु परेको उनीहरूले बताएका छन् ।

‘चामल दिए पनि दाल, सब्जी, तेल लगाएका समान दिएको छैन, उनले भने, ‘हिजो पनि एक केजी आलु दिएको थियो त्यो एक केजी सब्जी हामी सात जनाले कति दिन खानु त्यत्रो पैसा तिरेर केही राम्रो होला भनेर यहाँ आयौ अहिले भातमा नुन पनि हालेर खानु परेको छ।’

नेपालमा बाबुआमालाई एजेन्टको घरमा पठाउँदा उल्टै धम्क्याउने गरेको उनीहरूको गुनासो छ । उनीहरूले आफूहरूलाई पठाउने एजेन्टलाई कारबाही र आफूहरूको सकुशल उद्धार गरिदिन वैदेशिक रोजगार विभाग लगायत सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।

भिजिट भिसा जोखिमपूर्ण

दुबईस्थित नेपाली दूतावासले भिजिट भिसामा आएका नेपालीहरू अलपत्र पर्ने क्रम बढेको जनाउँदै भिजिट भिसामा कामका लागि नआउन आग्रह गरेको छ ।

भिजिट भिसामा आएर काम नपाएमा वा भनेनुसारको नभए सम्बन्धित कम्पनी वा अन्य जिम्मेवार निकायलाई कारबाही गर्न समेत नसकिने दूतावासले भन्दै आएको छ ।

भिजिट भिसामा ल्याउनेहरूले ठगी गर्ने, ल्याएर अलपत्र छाड्ने, नेपाल सरकारले रोजगारीका लागि प्रतिबन्ध लगाएका मुलुकहरूमा लैजाने तथा मानव तस्करहरूको सञ्जालमा समेत पार्न सक्ने दूतावासले जनाएको छ । दूतावासले भिजिट भिसामा आएर अलपत्र परेकाहरुलाई सहयोग गर्न नसक्ने बताएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०९ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले