गुडिरहेको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु « Khabarhub

गुडिरहेको बसको ढोकाबाट झरेर एक यात्रुको मृत्यु


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – सगरमाथा लोकमार्ग अन्तर्गत गाईघाट-कदमाहा खण्डको सडकमा यात्रुबाहक बसबाट झरेर एक पुरुषको मंगलवबार बिहान मृत्यु भएको छ ।

गाईघाटबाट विराटनगरका लागि छुटेको ना ६ ख ९२४६ नम्बरको हिमाली बसको ढोकाबाट झरेर विराटनगर उपमहानगरपालिका-५ बरगाछीका ३० वर्षीय सिजन विक शर्माको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।

घटना त्रियुगा नगरपालिका-६ जलजलेको मोहनपुरको जंगलमा भएको हो । उनी गाईघाटस्थित आफन्तको पुगेर फर्किने क्रममा बसबाट झरेका हुन ।

त्रियुगा बसपार्कबाट विराटनगर घर हिँडेका शर्मा चुरोट सेवन गर्ने क्रममा ढोकाबाट झरेको बसका कर्मचारीको भनाइ रहेको छ । शर्माको शव पोष्टमार्डमका लागि जिल्ला अस्पताल गाईघाटको शव गृहमा राखिएको छ । बस चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना