हैजा प्रभावितलाई भ्याक्सिनले दियो राहत, जोखिम अझै बाँकी « Khabarhub

हैजा प्रभावितलाई भ्याक्सिनले दियो राहत, जोखिम अझै बाँकी


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु – १४ असोजदेखि हैजा प्रभावित बनाएको कपिलवस्तु जिल्लामा ओरल कोलेरा भ्याक्सिन खोप सञ्चालनमा आएको छ । आइतबार यशोधरा गाउँपालिकाबाट औपचारिक कार्यक्रम गरी सुरुवात गरेको अभियानमा दोस्रो दिनसम्म आठ हजार ६८१ जनाले खोपको दायरामा आएका छन् । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका अनुसार मंगलवारदेखि शिवराज नगरपालिका, कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकामा समेत खोप कार्यक्रम सुरू हुने बताइएको छ ।

यता हैजाविरुद्धको खोप लगाएपछि स्थानीय जनताले पाँच वर्षसम्म सुरक्षित भएको महसुस गरेका छन् । तर, प्रभावित क्षेत्रमा शौचालय प्रयोग गर्ने प्रचलन नहुँदा हैजाको जोखिम भने कायम नै छ । एक वर्षदेखि माथिको उमेर समूहका सबै नागरिकलाई भ्याक्सिन खुवाउने लक्ष्य राखिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख वरिष्ठ जनस्वास्थ्य अधिकृत हेमराज पाण्डे बताउँछन् ।

अभियानलाई सफल बनाउन नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकार, विश्व स्वास्थ्य संगठन, युनिसेफले सक्रियता देखाएका छन् । प्रति भाइल करिब पाँच अमेरिकी डलर पर्ने भ्याक्सिन ग्लोबल एलाईन्स फर भ्याक्सिन (गाभि)बाट सहयोग स्वरूप प्राप्त भएको हो ।

भ्याक्सिनको स्वाद नुनिलो रहेको र खाएपछि शरीरमा कुनै समस्या नभएको खोप लिएका यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहले बताए ।

जिल्लामा देखिएको हैजाको जीवाणु रैथाने प्रजाति (कोलेरा ०१) रहेको प्रयोगशाला परीक्षणले पुष्टि गरेको छ । यस प्रकारको जीवाणु शरीरमा प्रवेश गरेपछि कसैमा लक्षण देखाउने र कसैलाई लक्षण नदेखाउने गर्दछ । लक्षण नदेखिएका व्यक्तिबाट भाइरस एक ठाउँबाट अर्को ठाउँसम्म पुग्ने गर्दछ । यो जीवाणु तीव्र रूपले फैलिन सक्ने भएको कारणले निकै खतरापूर्ण मानिने ईपिडिमोलोजी तथा महामारी नियन्त्रण महाशाखाका शाखा प्रमुख डा. अमृत पोख्रेल बताउँछन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : ५८ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी