हुस्सु र शितलहरले प्रदेश २ को जनजीवन कष्टकर « Khabarhub

हुस्सु र शितलहरले प्रदेश २ को जनजीवन कष्टकर


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम – प्रदेश २ का जिल्लामा बाक्लो हुस्सु र शितलहर बढेपछि जनजीवन प्रभावित भएको छ । मंगलबार विहानैदेखि यस क्षेत्रमा चिसो बढेको हो ।

चिसो बढेपछि जनकपुरधामसहितका शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहल घटेको छ । स्थानीयहरूले ठाउँठाउँमा आगो बालेर ताप्न थालेका छन् । मंगबार बिहानै ५ बजे लागेको बाक्लो हुस्सुको कारण भिजिबिलिटी कम हुँदा गाडी, मोटरसाइकलहरू लाइट बालेर चलाउनुपर्ने अवस्था आएको थियो।

हुस्सुको कारण पूर्व पश्चिम राजमार्गमा सवारीसाधन आवतजावतको संख्यासमेत घटेको छ । पुस र माघमा लाग्नेजस्तो हुस्सु र शितलहर मंसिरको सुरुको पहिलो सप्ताहमै सुरू भएको सर्वसाधारणले बताएका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : १४ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी