पत्थरी के कारण हुन्छ ? « Khabarhub

पत्थरी के कारण हुन्छ ?


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पत्थरी अहिले प्रायजसो धेरै मानिसहरूमा भएको पाइन्छ । पहिला–पहिला पत्थरी परेको अप्रेसन गर्न पनि धेरै गाह्रो र महँगो थियो । तर अहिले बदलिँदो परिवर्तन र नयाँ आविष्कारको कारणले पत्थरीलाई सजिलै पगाल्न सकिने औषधीहरू आएका छन् । जसको कारण पत्थरी परेको मानिसहरूको उपचार राम्रोसँग गर्न सकिन्छ ।

पत्थरी हुँदा अनुहार र खुट्टा सुनिन्छ, पिसाब फेर्दा दुख्ने वा पोल्ने हुन्छ, पिसाब एकै पटक नआई कन बिचबिचमा रोकिँदै आउँछ, लिङ्गको अगाडिको भागमा पीडा भएजस्तो हुन्छ, वान्ता हुनु, बारम्बार पिसाब लागेजस्तो हुनु, कम्मरमा दुख्नु जस्ता लक्षणहरु देखिन्छ।

पत्थरी हुने कारणहरू निम्नानुसार रहेको पाइन्छ :

१. पिसाबमा युरिक एसिड फस्फोरस क्याल्सियम र अक्सिकल एसिडको मात्रा धेरै भएमा ।

२. युरिक एसिड जस्ता पदार्थ आफैँमा मिलेर गोलो चेप्टो अथवा लाम्चो चिल्लो केराउको दानाजस्तो बन्नु ।

३. शरीरमा गर्मी बढी तातेको कारणले ।

४. परिश्रम गरेभन्दा पनि बढी पसिना निस्कनुले ।

५. फलफूल, सलाद, तरकारी र मासु धेरै खानाले ।

६. भिटामिन ‘डी’ को विषाक्तताले गर्दा पनि पत्थरी उत्पन्न हुन सक्दछ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ८ : ५३ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको