के अलग्गिदैछन् प्रियंका र निक ? « Khabarhub

के अलग्गिदैछन् प्रियंका र निक ?


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(जीन्यूज)– बलिउड अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालका माध्यमबाट फ्यानका लागि आश्चर्यजनक संकेत गरेकी छन् । हालैमात्र उनले इन्स्टाग्रामबाट पति निक जोनसको सरनेम हटाएकी छन् । उनले हालसम्म सामाजिक सञ्जालमा आफ्नो नाम ‘प्रियंका चोपडा जोनस’ राखेकी थिइन् ।

प्रियंकाको अहिले एकाउण्टमा उनको नाम ‘प्रियंका चोपडा’ मात्र छ । प्रियंका अघि कैयौं अभिनेत्रीहरुले सामाजिक सञ्जालबाट पतिको थर हटाएर सम्बन्धविच्छेद गर्ने संकेत दिएका थिए । अहिले सामाजिक सञ्जालमा के प्रियंका चोपडाले पतिसँग अलग्गिने निर्णय लिएकी हुन् ? भन्ने चर्चा चलेको छ ।

मलाइका अरोडा खानले पनि पति अरबाज खानसँग सम्बन्धविच्छेद गर्नु अघि खान शब्द हटाएकी थिइन् । प्रियंका र निकको विवाहलाई लिएर पहिले पनि धेरै गसिप बाहिर आएका थिए । प्रियंकाले अमेरिकाको नागरिकता लिनका लागि निकसँग विवाह गरेको सम्म चर्चा लगेको थियो ।

यद्यपि सम्बन्धविच्छेदलाई लिएर दुवै पक्षले आधिकारिक केही घोषणा गरेका छैनन् । प्रियंकाले विवाह पछि इन्स्टा एकाउण्टमा प्रियंका चोपडा जोनस लेख्ने गरेकी थिइन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १२ : ५१ बजे

गोरखा-१ मा सुधन गुरुङ र प्रेम खत्रीको कडा प्रतिस्पर्धा : कांग्रेस चार मतले अगाडि

काठमाडौँ – गोरखा–१ मा नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच

डोल्पामा नेकपाका बुढा विजयी

कर्णाली– एकमात्र निर्वाचन क्षेत्र भएको डोल्पामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का

खोटाङबाट श्रम संस्कृति पार्टीका आरेन राई विजयी

खोटाङ– गत बिहीबार भएको प्रतिनिधिसभा सदस्यमा खोटाङबाट श्रम संस्कृति पार्टीका

सोलुखुम्बुमा कांग्रेस उम्मेदवार निर्वाचित

सोलुखुम्बु– प्रतिनिधिसभा सदस्य निर्वाचनमा सोलुखुम्बुबाट नेपाली कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित

रौतहट–२ बाट कांग्रेस उम्मेदवार आलम निर्वाचित

रौतहट– रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा.