कपिलवस्तुमा कांग्रेस क्षेत्रीय अधिवेशन स्थगित « Khabarhub

कपिलवस्तुमा कांग्रेस क्षेत्रीय अधिवेशन स्थगित


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– विवादका कारण नेपाली कांग्रेस कपिलवस्तुको संघीय निर्वाचन क्षेत्रको अधिवेशन स्थगित भएको छ । जिल्ला सभापति सुरेन्द्रराज आचार्य (पौडेल पक्ष) समूहले विवाद झिकेकाले अधिवेशन स्थगित भएको संस्थापन पक्षले आरोप लगाएको छ ।

जिल्ला सभापति आचार्य र जिल्ला निर्वाचन अधिकृत घनश्याम पन्तले सूचना जारी गर्दै तयारी नपुगेकाले अर्को सूचना जारी नहुँदासम्म अधिवेशन स्थगित भएको जानकारी गराएका छन् । जिल्ला निर्वाचन अधिकृत पन्तले क्षेत्र नम्बर ३ मा उम्मेदवारमाथि दाबी विरोध र क्षेत्र नम्बर १ मा मतदान स्थलको विषयमा विवाद भएका अधिवशेन स्थगित गरिएको स्पष्ट पारे ।

क्षेत्र नम्बर १ मा आचार्य पक्षले मतदान हुने स्थल पायक नपर्ने भन्दै विवाद निकालेको छ । मतदान केन्द्र मायादेवी गाउँपालिकाको पकडीमा सार्नुपर्ने भन्दै विवाद उत्पन्न भएको थियो । क्षेत्र नम्बर १ मा देउवा पक्षबाट अब्दुल मन्नान र पौडेल पक्षबाट टेकबहादुर शाहीले सभापति पदमा उम्मेदवारी दिएका थिए । यो क्षेत्र दीपकुमार उपाध्याय र संघीय सांसद अतहर कमाल मुसलमानको प्रभाव रहेको क्षेत्रसमेत मानिन्छ । दुवै नेता संस्थापन पक्षमा खुल्दै आएका छन् ।

क्षेत्र नम्बर २ को अधिवेशन रोकिनुको कारण थाहा नभएको क्षेत्रीय सभापतिका उम्मेदवार तथा जिल्ला प्रवक्ता वीरेन्द्र मिश्रले बताए । मिश्रलाई सभापति पदका दुई आकांक्षीट गंगा विष्ट र माधव पराजुलीले समर्थन गरेपछि निर्वाचनमा कडा प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । मिश्रले संस्थापन पक्षको तर्फबाट उम्मेदवारी दिएका छन् । पौडेल पक्षबाट बुद्धभूमि नगरपालिकाका प्रमुख केशवकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् । यो निर्वाचन क्षेत्र जिल्ला सभापति आचार्यको पकड क्षेत्र मानिन्छ ।

क्षेत्र नम्बर ३ मा दुवै सभापतिका उम्मेदवार विवादमा परेका छन् । संस्थापन पक्षका उम्मेदवार ब्रह्मानन्द उपाध्यायलाई पौडेल पक्षका हरि पोख्रेल पक्षले लेबी नतिरेको भन्दै उजुरी गरेपछि विवाद सुरु भएको थियो । अघिल्लो स्थानीय निर्वाचनमा शिवराज नगरपालिकाको उपमेयर पदमा बागी उम्मेदवारी दिएका पोख्रेललाई अनुशासन समितिले कारबाही गरेकाले मतदाता नामावली सूचीबाट नाम हटाउन उजुरी परेको थियो । भदौमा उजुरी परे पनि पोख्रेलले जिल्ला अध्यक्षको तर्फबाट उम्मेदवारी दिएका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  १ : १५ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी