एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड | Khabarhub Khabarhub

एनसेलको स्वास्थ्य सम्बन्धी पहलले पायो विट्सा र एसोसीओ अवार्ड


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं– एनसेल आजियाटा लिमिटेडले धुलिखेल अस्पतालसँगको सहकार्यमा ग्रामीण, दुर दराजका सेवाबाट वञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सञ्चालन गरेको टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रमले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

यो कार्यक्रमका लागि एनसेल विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ र एसोसीओ अवार्ड २०२१ बाट सम्मानित भएको हो ।

कम्प्युटर एशोसियशन नेपाल (क्यान) महासंघले शुक्रवार काठमाडौंमा आयोजना गरेको ‘बीटुबी बिजनेश समिट २०२१’ को अवसर पारेर पुरस्कार प्रदान गरियो । कार्यक्रममा सम्माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले एनसेललाई हस्तान्तरण गरे ।

वर्ल्ड इन्फरमेसन टेक्नोलोजी एण्ड सर्भिसेस् अलाएन्स (विट्सा) र एसियन–ओसियनियन कम्प्यूटिङ् इण्डष्ट्रिज अर्गनाइजेसन (एसोसीओ) मा क्यान महासँगले नेपालको प्रतिनिधित्व गर्दछ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२१ को विजेताहरुको घोषणा गत कार्तिक २७ गते बंगलादेशको ढाकामा आयोजित एक कार्यक्रममाझ भएको थियो । एनसेलले यो अवार्ड मेरिट विनरको रुपमा इ–हेल्थ सोलुसन अवार्ड (प्राइभेट सेक्टर/एनजीओ) विधा अन्तर्गत जितेको हो ।

त्यस्तै गत कार्तिक २६ गते बंगलादेशको ढाकामा आयोजित वल्र्ड कङ्ग्रेस अन इन्फरमेसन एण्ड टेक्नोलोजी २०२१ कार्यक्रममा एनसेलले हेल्थटेक अवार्ड २०२१ विधा अन्तर्गत एसोसीओ अवार्ड जितेको घोषणा गरिएको थियो । यस कार्यक्रममा विभिन्न २४ देशका ३५ संघसंस्था तथा कम्पनीहरुलाई एसोसीओ अवार्डबाट सम्मानित गरियो ।

“एक सयभन्दा बढि योग्य, नवीन तथा राम्रा आवेदनहरुको समिक्षा गर्ने हामीले मौका पायौँ,” विट्साका सेक्रेटरी जनरल जीम पोइसन्टले शुक्रबार कार्यक्रममा देखाइएको भिडियो सन्देशमा भने ।

विट्सा विश्वभरका सूचना तथा सञ्चार प्रविधि क्षेत्रका संघसस्थाहरुको छाता संगठन हो ।

“इनोभेटिभ इ–हेल्थ सोलुसन्स् अन्तर्गत एनसेल आजियाटा लिमिटेड विजयी भएको छ, दुरदराजका जनसमुदायलाई सेलुलर र डिजिटल प्रविधिहरुको प्रयोगमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरेकाले यो पुरस्कार प्रदान गरिएको हो,” उनले भने ।

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारीअन्तर्गत प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामीण, दूर दराजका सेवाबाट वञ्चित समुदायहरुलाई उनीहरुको घरदैलोमा नै गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न धुलिखेल अस्पतालसँगको सहकार्यमा टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम शुरु गरेको थियो ।

यो कार्यक्रम धुलिखेल अस्पताल अन्तर्गतका विभिन्न ग्रामीण भेगका चार स्वास्थ्य केन्द्रहरुमा लागू गरिसकिएको छ ।

यस कार्यक्रमअन्तर्गत जनसमुदायले आफ्नै स्थानीय स्वास्थ्य केन्द्रमार्फत धुलिखेल अस्पतालमा रहेका विषेशज्ञ डाक्टरहरुसँग परामर्श लिन सक्छन् ।

“हाम्रो सामाजिक जिम्मेवारी अन्तर्गत सुरु गरिएको स्वास्थ्य सम्बन्धी यस नविन कार्यक्रमले प्रतिष्ठित विट्सा र एसोसीओ अवार्ड जित्न सफल भएकोमा हामी निकै खुशी छौँ,” एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले भने ।

उनले अगाडि थपे, “यस पहलले दुरदराजका जनसमुदायको जीवन रक्षा गर्न मद्दत गर्नुको साथै आफ्नै ठाउँमा नै सेवा उपलब्ध हुने भएकाले शहरका अस्पतालमा जाँदा लाग्ने समय र स्रोत बचत गर्नमा योगदान गर्दछ । यो कार्यक्रमले १५ हजार भन्दा बढी घरधुरीका जनसमुदायहरुलाई दीर्घ रोग, नसर्ने रोग, सरुवा रोग लगायतका रोगहरुको उपचार सेवामा प्रतक्ष्य योगदान गर्दछ ।”

धुलिखेल अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश मकाजुले भने,  “एनसेलसँगको हाम्रो यस सहकार्यले अन्तर्राष्ट्रिय पुरस्कार पाउनु ठूलो सम्मान हो । जनसमुदायलाई सजिलै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्न यो कार्यक्रम २० वा सो भन्दा बढी स्वास्थ्य केन्द्रमा लागु गर्ने हाम्रो योजना रहेको छ ।”

टेलिमेडिसिन र स्वास्थ्य सूचना कार्यक्रम धुलिखेल अस्पतालद्वारा ग्रामिण भेगमा संचालन गरिएको चार वटा स्वास्थ्य केन्द्रहरु सिन्धुपाल्चोकको मानेखर्क, खोलुखुम्बुको डोर्पु, नुवाकोटको थाङ्गसिन र काभ्रेपलाञ्चोकको बोल्डेमा सञ्चालन भइरहेको छ ।

यो कार्यक्रममा टेलिमेडिसिन र पर्सनलाईज्ड हेल्थ प्रोग्राम (पीएचपी) गरी दुई क्षेत्रमा केन्द्रित रहेको छ ।

टेलिमेडिसिनअन्तर्गत आधुनिक टेलिमेडिसिन किट र कनेक्टिभिटीको प्रयोग गरी अस्पतालका चिकित्सक तथा विज्ञहरुसँग सिधै सम्पर्क स्थापित गराई स्थानीय जनसमुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान दिइन्छ ।

पीएचपीअन्तर्गत यो कार्यक्रम सञ्चालन भएका क्षेत्रका समुदायका स्थानीयहरुले व्यक्तिगत स्वास्थ्य सेवा पाउनेछन् । जसका लागि स्वास्थ्य केन्द्रहरुले त्यहाँका स्थानीयको स्वास्थ्य सम्बन्धी नियमित जाँच तथा उपचार गर्नेछ ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : ४० बजे

ड्रोनबाट सामान ढुवानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीयस्थल मोहरेडाँडामा पाँचकिलोभन्दा कम तौलका दैनिक

इजरायलले आक्रमण गरेको इरानद्वारा पुष्टि

काठमाडौं– इरानका सैन्य क्याम्पहरूमा इजरायलले आक्रमण गरेको इरानले पुष्टि गरेको

जीबी राईले पठाएको भनिएको इमलेबारे सत्तापक्षको बैठकमा चर्चा 

काठमाडौं– सत्ता साझेदार दलहरूबीच नेपाल प्रहरीको खोजी सूचीमा रहेका ग्यालेक्सी

बागमतीमा बाढीले छोडेको फोहोर सफा गर्दै ललितपुर महानगरपालिका (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ र १२ गते परेको अविरल वर्षाका

बाँकेमा व्यावसायिक तरकारी प्रवर्द्धन कार्यक्रम सञ्चालन

बाँके– कृषि ज्ञान केन्द्र बाँकेले राप्ती सोनारी र जानकी गाउँपालिकामा