चिटिक्कको हेम्जा सडक, जुन निर्माण पूरा नहुँदै भाइरल बन्यो (भिडियो) « Khabarhub

चिटिक्कको हेम्जा सडक, जुन निर्माण पूरा नहुँदै भाइरल बन्यो (भिडियो)



पोखरा– मध्यपहाडी (पुष्पलाल) लोकमार्ग पूर्ण रुपमा अझै निर्माण सम्पन्न भइसकेको छैन । यो लोकमार्गलाई विभिन्न चरणमा विभाजन गरेर निर्माण गरिँदै छ । यो लोकमार्ग पूर्ण भएपछि पहाडी जिल्ला हुँदै नेपालको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुग्न सकिनेछ ।

सडक निर्माणका क्रममा छ । राष्ट्रिय गौरवको यो आयोजनालाई पूर्व–पश्चिम (महेन्द्र) राजमार्गको विकल्पको रुपमा समेत लिइएको छ ।

यो लोकमार्गले पहाडका २४ जिल्लालाई छोएको छ । सडक विभागका अनुसार यो लोकमार्ग १ हजार ७ सय ६५ किलोमिटर लामो छ । निर्माण पूरा भइसक्दा यो लोकमार्गको लम्बाई बढ्न सक्ने विवरणहरू पनि आएका छन् । किनकि, यो लोकमार्गको कतिपय स्थानमा बाटो कहाँबाट लैजाने भन्नेमै विवाद भइरहेको छ ।

धेरै ठाउँमा यो लोकमार्ग दुई लेनको हुनेछ ।

पोखराको याम्दीदेखि खट्टेखोलासम्म भने लोकमार्गको सडकलाई ६ लेनको बनाइएको छ ।

६ लेनको सडक यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

नेपालका ग्रामीण भेगमा त बाटोको जोखिम छँदैछ । काठमाडौं लगायत देशका ठूला शहरहरुमा पनि गतिलो सडक नहुँदा नेपालीले निकै सास्ती बेहोरिरहेका छन् ।

यस्तो अवस्थामा ६ लेनको चिटिक्कको सडक निर्माण भएपछि हेम्जाबासी मात्र नभएर अरुले पनि खुशी व्यक्त गरेका छन् ।

केही समययता सामाजिक सञ्जालमा यो सडकलाई लिएर चर्चा भइरहेको छ । साथै नेपालका अन्य राजमार्गलाई पनि यस्तै बनाउनुपर्नेबारे बहस भइरहेको छ ।

यो सडक चिटिक्क र फराकिलो छ । निर्माण सम्पन्न नुहँदै चर्चामा आएको हेम्जाको यो सडकबाट अन्नपूर्ण हिमश्रृङ्खलाहरु नजिकै देखिन्छन् ।

मौसम खुलेका बेला हेम्जाको यो सडकबाट देखिने दृश्यले जोकोहीलाई पनि मोहित तुल्याउँछ ।

चर्चामा रहेको याम्दीको यो सडकमा चाइनिज दुबो लगाउन बाँकी छ । मध्यपहाडी लोकमार्ग आयोजनाका कास्की, पर्वत र बाग्लुङ खण्डका प्रमुख नारायणदत्त भण्डारीका अनुसार चाइनिज दुबोको छेउछाउमा फूलहरु पनि रोपिनेछ ।

यो सडक पूर्ण भएपछि अझै चर्चा हुने भण्डारीको अपेक्षा छ ।

सडक निर्माणका क्रममा पुरानो सडक भत्काउँदा स्थानीयबासीले केही वर्ष निकै सास्ती खेपेका थिए । अहिले यो सडकको चर्चा भइरहँदा उनीहरु पनि खुशी देखिन्छन् ।

यो सडक ६ लेनको भएपछि पोखराबाट नौडाँडा हुँदै लुम्ले, घान्द्रुक, बाग्लुङ, कुश्मा, गुल्मीको दूरी पनि छोटो भएको छ ।

यसअघि सडक खराब हुँदा सराङकोटको बाटो हुँदै बाग्लुङतर्फको यात्रा तय गर्ने यात्रुहरु अहिले हेम्जाकै सडक हुँदै जान थालेका छन् ।

पोखराबाट हेम्जा हुँदै बाग्लुङ जाँदै गरेका प्रेम मगरले भने, ‘यो बाटो पूरै तयार भयो भने त हामी घर जाने समय पनि छोटो हुने भयो, विस्तारै विकास त हुँदैछ है !’

‘यति सडक निर्माण हुँदा त नेपालभर यस्तो चर्चा छ, जताततै यस्तै सडक बन्ने हो भने यात्रुलाई कति सहज हुँदो हो ?,’ पोखराका स्थानीय रामजी प्रसाद आचार्यले भने ।

 

भिडियोमा हेर्नुहोस् हेम्जाको आकर्षक सडक


फोटो/भिडियो: अर्घेलो थापा

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ३५ बजे

शुक्लाफाँटामा स्वास्थ्य बीमा कार्यक्रममा न्यून सहभागिता

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रमबाट अपेक्षाअनुसार सर्वसाधारण लाभान्वित हुन

राष्ट्रियसभा अध्यक्ष इस्तानबुल प्रस्थान

काठमाडौँ– राष्ट्रियसाभका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आईपीयु)को १५२औँ महासभामा

भक्तपुरको थिमिमा बिस्केट जात्राको रौनक

भक्तपुर– भक्तपुरमा मनाइने प्रसिद्ध बिस्केट जात्रा हेर्न विभिन्न जिल्लाबाट हजारौँको

नारायणगढ-बुटवल सडकको सुस्त गतिप्रति गृहमन्त्रीको असन्तुष्टि, १५ दिनभित्र काम सक्ने ठेकेदारको प्रतिबद्धता

नवलपरासी – गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्ड विस्तारमा भइरहेको

मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका–४ कोटीहोममा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको