कांग्रेस अधिवेशन : तनहुँ १ मा मौरती र २ मा खनाल विजयी « Khabarhub

कांग्रेस अधिवेशन : तनहुँ १ मा मौरती र २ मा खनाल विजयी


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत भएको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको मत परिणाम आउन थालेको छ ।

तनहुँका दुवै प्रतिनिधिसभा क्षेत्रमा सभापति, सचिव र सहसचिव पदको अन्तिम मत परिणाम आएको छ ।

तनहुँ १ को सभापतिमा श्यामकुमार मौरती विजयी भएका छन् । निकटम प्रतिस्पर्धी विश्व बाँस्तोलालाई ८३ मतले पराजित गर्दै मौरती क्षेत्रीय सभापति बनेका हुन् ।

४८५ मत प्राप्त गरी मौरती विजयी भएका हुन् भने प्रतिष्पर्धी बास्तोलाले ४०२ मत प्राप्त गरेका छन् । मौरती यसअगाडि महाधिवेशन प्रतिनिधि थिए । बास्तोला जिल्ला सचिव हुन् ।

निर्वाचित सभापति मौरती जिल्ला सभापति बैकुण्ठ न्यौपाने र केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेल प्यानलबाट चुनावी मैदानमा होमिएका थिए ।

बास्तोला पौडेल निकटका नेता भनिए पनि संस्थापन देउवा समूहका निकट केन्द्रीय सदस्य शंकर भण्डारी, ध्रुव वाग्ले, आमन्त्रित केन्द्रीय सदस्य गोविन्द भट्टराई र कांग्रेस तनहुँका कार्यवाहक सभापति जितप्रकाश आले प्यानलबाट उम्मेद्वारी दिएका थिए ।

सचिव र सहसचिवमा पनि मौराती प्यानलका उम्मेद्वार निर्वाचित भएका छन् । क्षेत्रीय सचिव पदमा दयानिधि नराल र राजु बानियाँ निर्वाचित भए । यी दुईले क्रमशः ४६३ र ४५९ मत प्राप्त गरेका छन् । प्रतिस्पर्धी तारानरेश पौडेलले ३६१ र चुडामणि दाहालले ३८५ मत प्राप्त गरे ।

युवराज आले र शैलेश खाती सहसचिवमा निर्वाचित भएका छन् । आलेले ४७४ र खातीले ४३६ मत प्राप्त गरेका हुन् । पराजित रविन पौडेलले ३८९ र अर्जुन अधिकारीले ३६९ मत प्राप्त गरेका छन् । क्षेत्र नम्बर १ मा कुल ९५४ मध्ये ९३१ मत खसेको हो । यो क्षेत्रमा न्यौपाने र पौडेल प्यानल बलियो सावित भएको छ ।

क्षेत्र नम्बर २ को सभापतिमा चुडामणि खनाल निर्वाचित भएका छन् । ५१ मतान्तरले सभापतिका उम्मेद्वार कृष्णराज पण्डितलाई पराजित गर्दै खनालले बाजी मारेका हुन् । खनालले ४४७ र पण्डितले ३९६ मत प्राप्त गरेका छन् ।  निर्वाचित खनाल भण्डारी, वाग्ले, भट्टराई र आले प्यानलका उम्मेद्वार हुन् । खनाल र पण्डित यो भन्दा पहिले महाधिवेशन प्रतिनिधि थिए ।

सचिव र सहसचिव पदमा पनि खनाल प्यानलका उम्मेद्वार विजयी भएका छन् । जीवन चन्द ठकुरीले ५१७ र सन्तोष घिमिरेले ४८३ मत पाएर क्षेत्रीय सचिवमा निर्वाचित भए । निकटम प्रतिस्पर्धी पूर्णचन्द्र घिमिरेले ३१५ र प्रेमबहादुर थापाले ३५३ मत पाएका छन् ।

सहसचिव पदमा याम सारु मगर र चित्रबहादुर राना निर्वाचित भएका छन् । सारुले ५०३ र रानाले ५३६ मत प्राप्त गरे । प्रतिस्पर्धी नरसिङ रानाले ३१९ र टुकराज श्रेष्ठले २९८ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ८६६ मध्ये ८६० मत खसेको थियो । दुवै क्षेत्रमा सोमबार मतदान भएको हो । सोमबार रातिदेखि सुरु भएको मतगणना अझै पनि जारी छ ।

 

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ५५ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक