एमाले महाधिवेशन : सचिव पदका लागि महेश बस्नेतको उम्मेदवारी घोषणा (भिडियोसहित) « Khabarhub

एमाले महाधिवेशन : सचिव पदका लागि महेश बस्नेतको उम्मेदवारी घोषणा (भिडियोसहित)


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं युवा संघ इन्चार्ज महेश बस्नेतले दशौं राष्ट्रिय महाधिवेशनमा सचिवमा उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लबको साक्षात्कारमार्फत नेता बस्नेतले आफूले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् । आफूले पार्टीमा खेलेको भूमिकाको कारण देशभरिबाट आउने महाधिवेशन प्रतिनिधिले अत्यधिक मत दिएर विजयी बनाउने उनको विश्वास छ ।

नेता बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओली नै दशौं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष हुने पनि दाबी गरे । पार्टीले यसअघि नै विधान महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेकोले चितवनमा हुने १०औं महाधिवेशनमा नेतृत्व चयन गरिने बताए ।

उनले भने, ‘जनपरिचालनको हिसाबले हामी यो महाधिवेशनलाई धेरै भव्य र ऐतिहासिक बनाउँछौं । कुनै दलले अहिलेसम्म गर्न नसकेको जनसहभागिता गराउँछौं । नारायणी किनारादेखि गैंडाकोट सबै भूभाग मानवसागरले भरिन्छ ।’

भारतले नरेन्द्र मोदीलाई र चीनले सी चिनफिङलाई अघि बढाएको भन्दै उनले यो महाधिवेशनबाट ओलीलाई एउटा सर्वमान्य नेताको रुपमा अध्यक्षको हिसाबले अगाडि बढाउन चाहेको बताए ।

यसअघि रिपोर्टर्स क्लबमार्फत अध्यक्षमा उम्मेदवारी घोषणा गरेका भीम रावललाई नेता बस्नेतले उम्मेदवारी फिर्ता गर्न पनि सुझाव दिए । उनले भने, ‘उहाँले दुई कारणले उम्मेदवारी दिएको हुनसक्छ । एउटा अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिका, पदमा स्थापित गराउन चाहेको पनि हुनसक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने अनि जित्ने कुनै सम्भावना छैन । तर, पराजित भए पनि पार्टीमा बसेर काम गर्नको लागि पनि हुनसक्छ ।’

तर रावलले अध्यक्षमा दाबी गरेर राम्रो सन्देश नगएको उनको भनाइ छ । रावलले उम्मेदवारी फिर्ता गरेर जानुपर्ने उनले जोड दिए । ‘चुनावमा जाने र उहाँ निराश हुने, जसरी पछिल्लो समय उहाँको अभिव्यक्ति उत्तेजक, निराशजनक र अराजकखालको देखिँदैछ । विद्यावारिधी गरेको व्यक्तिलाई अहिले आम मानिसले फरक खालले हेर्ने दृष्टिकोण बन्दैछ,’ बस्नेतले भने, ‘कम्युनिस्ट आन्दोलनलाई थप क्षति नहोस् भनेर रावलले उम्मेदवारी फिर्ता लिँदा नै राम्रो हुन्छ ।’

भीम रावलले उम्मेद्धघवारी फिर्ता लिनुभएन भने के हुन्छ ? भनेर सोधिएको प्रश्नमा अहिले पदाधिकारी सर्वसम्मत् बनाउनेबारे अधिकतम प्रयास भैरहेको जनाए । यसको लागि नेताहरुबीच र दाबेदारी गरेका नेताहरुबीच अनौपचारिक छलफल तथा बैठक भैरहेको उनको भनाइ छ ।

‘सर्वसम्मत् भएन भने मैत्रीपूर्ण ढंगले निर्वाचनमा जान्छौं । अब भीम रावल कमरेडले उम्मेदवारी फिर्ता लिएर पार्टीभित्र आफूलाई सेट गरेर महत्वपूर्ण जिम्मेवारी लिएर जाने कुरा चाहीँ सबैभन्दा राम्रो र उचित विकल्प हो । यदि जानुभएन भने त निर्वाचनमा जान हामी बाध्य हुन्छौं । डिजिटल प्रणालीबाट निर्वाचन गर्ने भनेर मेशिन तयार छ । यदि सर्वसम्मत् हुने कुरामा उहाँले स्विकार गर्नुभएन भने निर्वाचन स्विकार्नुको उपायबाहेक हामीसँग अर्को उपाय रहँदैन,’ उनले भने ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  २ : ४० बजे

आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

तानसेन– यहाँको तिनाउ गाउँपालिका सत्यवतीका जीतबहादुर राना ऋणधन गरी आठ

सैन्य अभ्यास गर्दा ग्रिनेड विस्फोट : हुद्दाले ज्यान गुमाए, सहसेनानी घाइते

धनगढी- कैलाली बिहीबार एक सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा

रास्वपाले अघि सारेको प्रस्तावमाथि प्रारम्भिक रूपमा दलहरूसँग पनि छलफल भएको छ : सोविता गौतम

काठमाडौं– कानूनमन्त्री एवं रास्वपा नेतृ सोविता गौतमले शासकीय स्वरूपका विषयमा

महाधिवेशनले रास्वपालाई थप बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री 

चितवन – सूचना तथा सञ्चारमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता

मतपत्रबाट ‘ज्वाला’ गायब भएपछि आक्रोशित हुँदै भनिन्- मलाई मत दिनेहरू झुक्किए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यका उम्मेदवार ज्वाला