भीम रावलको उम्मेदवारीपछि ओलीले भने- ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’ (भिडियो) « Khabarhub

भीम रावलको उम्मेदवारीपछि ओलीले भने- ‘लोकतन्त्रमा चुनौती स्वाभाविक’ (भिडियो)

'मैले मन पराएका उपाध्यक्ष र महासचिव निर्विरोध हुन्छन्'


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलको उम्मेदवारीलाई स्वाभाविक रुपमा लिने बताएका छन् ।

सम्पादकहरुसँग काठमाडौँमा सम्पादकहरूसँग भएको अन्तरक्रियामा अध्यक्ष ओलीले लोकतन्त्रमा चुनौती स्वाभाविक भएको बताए ।

‘रावलजीले मलाई चुनौती दिनुभएको छ । मैले बढी खटेकाले आराम दिन खोज्नु भएको हो । उहाँको स्नेहपूर्ण सुझाववाट प्रभावित छु । रावल जीलाई मन पराउनेहरूले मैले विश्राम लिए हुन्छ भन्ने देखिन्छ । तर, रावलजीको मनमा यो छैन,’ उनले भने ।

अध्यक्ष ओलीले आफ्नो उम्मेदवारी टुंगो नलागेको पनि बताए । ‘म उठने/ नउठने कुनै टुंगो गरेको छैन । मलाई कसैले चुनौती दिन खोज्यो भने लोकतन्त्रमा चुनौती स्वाभाविक हो,’ उनले भने ।

आफू उठ्दा अरुले प्रतिस्पर्धा नगरोस भनेर आफूले नचाहने उनको भनाइ थियो । ‘म उठ्ने भएकाले अरू नउठुन भन्ने चाहन्नन । नउठोस् भनेर दबाब दिने छैन । सहमति हुँदैन भने मैले सहमति गर भनेर कर गर्दिन । करकाप गरेर सहमति गर भन्दिन, म अवसरमा भाँजो हाल्दिनँ, सबैलाई चुनाव लड्न दिनेछु,’ उनले भने ।

मैले मन पराएका उपाध्यक्ष र महासचिव निर्विरोध हुन्छन् : ओली

अध्यक्ष ओलीले आसन्न १०औँ महाधिवेशनमा आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने दाबी गरेका छन् ।

स्थायी कमिटी बैठक छाडेर पत्रकारहरूसँग कुरा गर्दै उनले आफूले मन पराएको वरिष्ठ उपाध्यक्ष र महासचिव निर्विरोध निर्वाचित हुने र यदी निर्विरोध नभएमा बढी मत ल्याएर निर्वाचित हुने बताए ।

आफू अध्यक्षमा उठ्ने नउठ्ने निर्णय भइनसकेको उनले बताए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : ०६ बजे

रसुवा बाढीबारे संसद्‌मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभा बैठकमा राष्ट्रका नाममा सम्बोधन

नेपालले जलवायु परिवर्तनको क्षतिपूर्ति पाउनुपर्छ : जगदीश खरेल

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता जगदीश खरेलले जलवायु परिवर्तनका कारण

रसुवा बाढीका बेपत्ताको पहिचानका लागि डीएनए नमुना संकलन (तस्बिरहरू)

काठमाडौं– रसुवा बाढीमा बेपत्ता भएकाहरूको पहिचानका लागि महाराजगञ्जस्थित नेपाल प्रहरी

ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई आर्थिक वर्ष २०८२-८३

भोटेकोशीको बाढी : २५ अर्बको बीमा दाबी, इन्जिनियरिङमा मात्रै २० अर्ब क्षति

काठमाडौँ – भदौ १० गते भोटेकोशी र त्रिशुली नदीमा आएको