माधव नेपाललाई ओलीको कटाक्ष- चोइटिएर एमाले नेता घटेका छैनन् « Khabarhub

माधव नेपाललाई ओलीको कटाक्ष- चोइटिएर एमाले नेता घटेका छैनन्


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल चोइटिएर गए पनि एमाले नेता नघटेको बताएका छन् ।

‘चोइटिएर एमालेका नेता घटेका छैनन् । निर्वाचित गराएकाले पार्टी छाडेका हुन् । छाड्ने कम छन । प्रवेश गर्ने बढी छन् । एमाले सुदृढ, एकत्रित र समृद्ध छ,’ सम्पादकहरुसँग उनले भने ।

आउने चुनाव पछि एमालेले सरकार चलाउने उनको भनाइ छ । ‘राष्ट्र नीति बनाउँदा कसैले पनि आलोचना गरेका छैनन्,’ उनले भने ।

आफ्नो पार्टीको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने पनि उनले बताए ।

एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले बताए ।

महाअधिवेशनमा नेता नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ३ : २३ बजे

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कञ्चनपुर– भीमदत्त नगरपालिका-१८ स्थित महाकाली प्रादेशिक अस्पताल नजिक रहेको रेष्टुरेन्टमा जुवातास खेलिरहेको

जेन–जी अभियन्ताद्वारा मानव अधिकार आयोगलाई प्रतिवेदन सार्वजनिक गर्न माग

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानका अभियन्ताहरूले आज राष्ट्रिय मानव अधिकार

प्रधानमन्त्री भारत जाने मिति तय भइसकेको छैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, कारोबार कति ?

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको

संसदीय समितिले दिएको निर्देशन र सुझावको कार्यान्वयनमा जोड

काठमाडौं– राष्ट्रिय सभा सदस्यहरूले संसदीय समितिहरूले दिएको निर्देशन र सुझावहरूको