कांग्रेस महाधिवेशन : मोरङका दुई निर्वाचन क्षेत्रमा सर्वसम्मत, चार क्षेत्रमा चुनाव « Khabarhub

कांग्रेस महाधिवेशन : मोरङका दुई निर्वाचन क्षेत्रमा सर्वसम्मत, चार क्षेत्रमा चुनाव


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङका चार वटा निर्वाचन क्षेत्रमा क्षेत्रीय सभापतिसहित पदाधिकारीको चुनाव भइरहेको छ । ६ वटा क्षेत्र रहेको मोरङमा क्षेत्र नम्बर १ र ५ मा भने सर्वसम्मत सभापति चयन भएका छन् ।

क्षेत्र नम्बर १ को क्षेत्रीय सभापतिमा लेटाङ नगरपालिकाका मेयर शंकर राई र क्षेत्र नम्बर ५ मा जवछ गच्छदार सर्वसम्मत निर्वाचित भइसकेको मोरङका निर्वाचन अधिकृत केदार कार्कीले बताए । सभापतिमा सर्वसम्मत भए पनि अन्य पदमा भने चुनाव भइरहेको उनले जानकारी दिएका छन् ।

क्षेत्र नम्बर २ मा वर्तमान क्षेत्रीय सभापति नागश्वरप्रसाद सिंह र यज्ञ कार्कीबिच प्रतिस्पर्धा भइरहेको छ । सिंह कोइराला पक्षका र कार्की देउवा पक्षका रहेको जनाइएको छ । सो क्षेत्र रक्षा मन्त्री मिनेन्द्र रिजालको क्षेत्र हो ।

क्षेत्र नम्बर ३ मा वर्तमान सभापति गणेश खड्का, केशव दुलाल र राजेन्द्रप्रसाद ढकालले क्षेत्रीय सभापतिमा उम्मेदवारी दिएका छन् । खड्का र दुलाल दुवै जना कोइराला पक्षको रहेको जनाइएको छ । ढकाल भने देउवा पक्षका हुन् । दुलाल सुजाता कोइरालाका पूर्व पिएसमेत हुन् ।

क्षेत्र नम्बर ४ मा वर्तमान क्षेत्रीय सभापति विनोद बस्नेत र वसन्त हुमागाईंबीच प्रतिस्पर्धा हुँदै छ । बस्नेत कोइराला पक्षका हुन् भने हुमागाईं देउवा पक्षका हुन् ।

क्षेत्र नम्बर ६ मा पनि संस्थापन पक्षबाट चेतराज रेग्मी र इतर पक्षका देवराज तामाङबीच प्रतिस्पर्धा भइरहेको छ । दुई दिनदेखि सहमतिमा नेतृत्व टुंग्याउने भनिए पनि सहमति नभएपछि चार वटा क्षेत्रमा चुनाव भएको हो । क्षेत्र नम्बर ४ मा मतदान सकिए पनि अन्य तीन वटा क्षेत्रमा मतदान भइरहेको निर्वाचन अधिकृत कार्कीले जानकारी दिएका छन् । न्यूजकारखाना

 

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ७ : ३२ बजे

हेलिकप्टर दुर्घटनामा परेका पाइलट र घाइतेलाई काठमाडौं लगिँदै

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिका-२ खार्तम्छाको बालाबेंसीमा काठमाडौंबाट गएको एयर डाइनेष्टीको

रविले बोलाउँदा पनि सांसदको तालिममा गएनन् बालेन, दिए ‘सेड्युल प्याक’ रहेको जवाफ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको अभिमुखीकरण समापन कार्यक्रममा पार्टी सभापति रवि

पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै ‘सुन गुफा’

गण्डकी– पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित

गाजामा इजरायली आक्रमण, हमासका कमाण्डर मारिएको दाबी

एजेन्सी – इजरायली सेनाले गाजामा गरिएको लक्षित आक्रमणमा हमासका एक

नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा

चितवन– नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक