कांग्रेस खोटाङको मतदान सर्‍यो | Khabarhub Khabarhub

कांग्रेस खोटाङको मतदान सर्‍यो


७ मंसिर २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेपाली कांग्रेस खोटाङको सातौं जिल्ला अधिवेशनअन्तर्गत बुधबार मतदान हुने भएको छ । नेतृत्व चयनका लागि मंगलबार मतदान गर्ने कार्य तालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुनः मतदानको समय एक दिनपछि सारेको हो ।

सुरुमा मंगलबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले पुनः दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने सूचना जारी गरेको थियो । तर, जिल्ला निर्वाचन अधिकृत शंकर भट्टराईले ‘प्राविधिक कारणले’ भन्दै पुनः अर्को सूचना जारी गर्दै बुधबार बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मतदान हुने कार्यतालिका सार्वजनिक गरेका छन् ।

मतपत्र प्रिन्ट गर्न पाँच घण्टा समय लाग्ने भएका कारण मतदानको समय सार्नु परेको निर्वाचन अधिकृत भट्टराईले बताए । जिल्ला निर्वाचन अधिकृतको कार्यालयका अनुसार १ हजार ३७८ मतदाताले कांग्रेसको नेतृत्व चयनका लागि मतदान गर्नेछन् । तर, १ हजार ४०० मतदातालाई पुग्ने ७ हजार मतपत्र प्रिन्ट गर्ने तयारी गरिएको छ । एक जना मतदाताले पाँच वटा मतपत्रमार्फत मत हाल्नुपर्ने हुन्छ । रातभरमा आवश्यक मतपत्र छाप्ने काम पुरा गरिने निर्वाचन अधिकृत भट्टराईले बताए ।

तोकिएको समयमा मतदान नहुँदा र पटक–पटक मतदान गर्ने समय सारिँदा क्षेत्रीय प्रतिनिधि असन्तुष्ट बनेका छन् । पटक–पटक मतदानको समय सारिँदा मतदाताले निर्वाचन अधिकृतको कार्यालय पुगेर आक्रोश पोखेका छन् ।

घरायसी काम थाँती राखेर दिक्तेल आइपुगेका मतदाता थप एक दिन बस्नुपर्ने अवस्थाले खर्च बढेको र धानबाली भित्र्याउने लगायतका काम बितेको कांग्रेसका जन्तेढुंगा गाउँपालिका सभापति बाजिन्द्र विष्टले बताए ।

कांग्रेस खोटाङको सभापतिका लागि पूर्वपर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राई र पूर्व सभापति विष्णुकुमार राई चुनावी मैदानमा उत्रिएका छन् । आगामी  महाधिवेशन तथा सातौं जिल्ला अधिवेशनअन्तर्गत जिल्ला सभापतिका लागि शेरबहादुर देउवा निकट पूर्वराज्यमन्त्री राई रामचन्द्र पौडेल निकट पूर्वसभापति राई आमनेसामने भएका हुन् ।

कांग्रेस जिल्ला कार्य समितिको ७ पदाधिकारी र ३२ जिल्ला सदस्य चयनका लागि दिक्तेलको सरस्वती माविमा मतदान हुँदैछ । यस्तै, २५ जना संघीय महाधिवेशन प्रतिनिधि पनि मतदानबाटै छनौट हुने छन् ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ४७ बजे

७२ घण्टाभित्र माग सम्बोधन नभए सशक्त आन्दोलन गर्ने कर्मचारी संगठनको चेतावनी

काठमाडौं– कर्मचारी संगठनहरुले आफ्ना मागहरू ७२ घण्टाभित्र सम्बोधन नभए सशक्त

बिमा बोर्डद्वारा विभिन्न योजना सार्वजनिक

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक

राज्य व्यवस्था समितिद्वारा निजामती ट्रेड युनियनसँग छलफल

काठमाडौं– प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिले प्रस्तावित सङ्घीय निजामती सेवा

इजरायलले गाजामा ५० दिनका लागि सहायता रोक्यो : राष्ट्रसङ्घ

एजेन्सी– इजरायलले ५० दिनदेखि गाजा पट्टीमा सबै प्रकारका सहायताको प्रवेश

धनुषामा आमाले विष खुवाउँदा तीन छोराछोरीले ज्यान गुमाए

धनुषा – धनुषाको शहीदनगर नगरपालिका–५ बासुदेवपट्टि गाउँमा पारिवारिक कलहका कारण