कोरोनाले लिबियाको राष्ट्रपतीय निर्वाचन स्थगित « Khabarhub

कोरोनाले लिबियाको राष्ट्रपतीय निर्वाचन स्थगित


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ -लिबियाको राष्ट्रिय निर्वाचन आयोगले राष्ट्रपति निर्वाचन स्थगित गर्ने प्रस्ताव गरेको छ ।

यही शुक्रबारका लागि तय गरिएको निर्वाचनलाई स्वास्थ्य सङ्कटलगायतका कारण देखाउँदै जनवरी २४ मा गर्नेगरी आयोगले प्रस्ताव गरेको हो।

राष्ट्रपति निर्वाचनसम्बन्धी कानुनबमोजिम आयोगले मतदानको दिन स्थगनको घोषणा गर्नसक्छ । आयोगको आग्रहअनुसार लिबियाली संसद्ले ३० दिनभित्र नयाँ मिति तय गर्नसक्ने संवैधानिक प्रावधान छ ।

आयोगले संसद्सँग परामर्श गरेपछि पहिलो चरणको निर्वाचनलाई सन् २०२२ को जनवरी २४ का लागि प्रस्ताव गरेको रूसी समाचार संस्था स्पुत्निकले लिबियाली अधिकारीलाई उद्धृत गरी जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : १७ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ