कांग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने « Khabarhub

कांग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

दलिततर्फको केन्द्रीय सदस्यमा को चुनिए ?


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ ।

आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको मतगणना सकिएको तर औपचारिक घोषणा गर्न बाँकी छ ।

दलित खुलातर्फ कसले जिते ?

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

मानबहादुर नेपाली, प्रकाश रसाइली (स्नेही), नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका हुन् । उनीहरूमध्ये स्नेही मात्र कोइराला प्यानलबाट विजयी भएका हुन् ।

दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी भएका छन् । उनीहरूमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ०६ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता