कांग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने | Khabarhub Khabarhub

कांग्रेसको सम्पूर्ण मतपरिणाम आज सार्वजनिक हुने

दलिततर्फको केन्द्रीय सदस्यमा को चुनिए ?


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको सम्पूर्ण मत परिणाम आज सार्वजनिक हुने भएको छ । खस आर्य र जनजाति बाहेक सबै कलष्टरको मतगणना सकिएको छ ।

आज दिउँसोसम्ममा खस आर्य र जनजाति कोटाको पनि मतगणना सकिने निर्वाचन समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिएका छन् । दलित कलष्टरको मतगणना सकिएको तर औपचारिक घोषणा गर्न बाँकी छ ।

दलित खुलातर्फ कसले जिते ?

दलित खुलातर्फ पुरुष केन्द्रीय सदस्यमा ५ जनाका लागि भएको निर्वाचनबाट सभापति शेरबहादुर देउवा प्यानलका ४ जना र डा. शेखर कोइराला प्यानलका १ जना विजयी भएका छन् ।

मानबहादुर नेपाली, प्रकाश रसाइली (स्नेही), नृपबहादुर वड, हरिशरण नेपाली र मैकुलाल वाल्मीकि निर्वाचित भएका हुन् । उनीहरूमध्ये स्नेही मात्र कोइराला प्यानलबाट विजयी भएका हुन् ।

दलित महिलातर्फको ४ केन्द्रीय सदस्यका लागि भएको निर्वाचित सबै देउवा प्यानलबाटै विजयी भएका छन् । उनीहरूमा लक्ष्मी परियार, सुजाता परियार, शान्ति परियार र रूपा विश्वकर्मा रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ९ : ०६ बजे

हमासलाई ४० दिने युद्ध विरामको प्रस्ताव

रियाद – प्यालेष्टिनी इस्लामिक लडाकू समूह हमासलाई इजरायली बन्धक मुक्त

लुम्बिनी प्रदेशसभाको बैठक वैशाख २० मा आह्वान

तुलसीपुर । लुम्बिनी प्रदेशसभाको आगामी बैठक वैशाख २० मा आह्वान

इलाम २ : अन्तिम चरणमा मतगणना, सुहाङलाई फराकिलो अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

इलाममा सुहाङलाई ६ हजार ६०६ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको