सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ « Khabarhub

सवारी ज्यान मुद्दाका फरार अभियुक्त ६ वर्षपछि पक्राउ


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – जिल्ला प्रहरी कार्यालय लमजुङले सवारी ज्यान मुद्दामा फरार एक जनालाई ६ वर्षपछि पक्राउ गरेको छ ।

१ वर्ष १० महिना कैद सजाय भई फरार रहेका बेँसीशहर नगरपालिका १ उदिपुरका रुकेश विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हो ।

रुकेशलाई जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटीएको बिशेष टोलीले बेँसीशहर नगरपालिका ८ बाट बुधबार पक्राउ गरेको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । रुकेशले चलाएको बसले ०७३ साल असार महिनाको १९ गते चितवन जिल्लाको कुरिनटारमा पैदल यात्रिलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

रुकेश उपर ०७५ साल माघ ८ गते उक्त कैद सजाय हुने गरी चितवन जिल्ला अदालतबाट मुद्दा फैसला भएकोमा उनी फरार रहेका थिए । पक्राउमा परेका रुकेशलाई बुधबार जिल्ला अदालत लमजुङमा पेश गरी कैद भुक्तान गर्नको लागि कारागार चलान गरिएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १० : १० बजे

आजदेखि देशभरका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं– सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको मुखको

‘पैसा नभएकै कारण नेपालीले उपचारबाट बन्चित हुनु पर्दैन’

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसको स्वास्थ्य

दमौली अस्पताल स्तरोन्नति गर्न जग्गा प्राप्ति

तनहुँ– तनहुँ सदरमुकाम दमौलीस्थित प्रदेश अस्पतालले स्तरोन्नतिका लागि जग्गा प्राप्ति

रोहित पौडेलको टोलीले विश्वकपमा देखाउने छ आत्मविश्वास र एकता : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विश्वकपमा नेपाली टिमले नेपालको आत्मविश्वास,

बागलुङको नरेठाँटी स्वास्थ्यचौकी गण्डकी प्रदेशकै उत्कृष्ट

बागलुङ– गण्डकी प्रदेशमा नै सर्वाधिक अङ्क प्राप्त गरी बागलुङको गलकोटस्थित