क्रिकेट

टी-ट्वान्टी क्रिकेट : अमेरिकासँग टेस्ट राष्ट्र आयरल्यान्ड पराजित

By खबरहब

December 23, 2021

काठमाडौँ- अमेरिकाले टेस्ट राष्ट्र आयरल्यान्डलाई हराएको छ । अमेरिकाले टी–ट्वान्टी क्रिकेटमा २६ रनको ऐतिहासिक हात पारेको हो ।

दुई खेलको टी–ट्वान्टी सिरिजमा घरेलु टोली अमेरिकाले १–० को अग्रता बनाएको छ ।

जितका लागि १ सय ८९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६२ रन बनायो ।

आयरल्यान्डका लर्कन टकरले अविजित ५७ रन जोडे पनि जितका लागि पर्याप्त भएन् । अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, अली खान र निसर्ग पटेलले समान दुई–दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ओभरमा ६ विकेट गुमाउदै १ सय ८८ रनको योगफल तयार पारेको थियो ।

अमेरिकाका लागि गजानन्द सिंहले सर्वाधिक ६५ रन जोडे । अमेरिकाविरुद्ध आयरल्यान्डले दुई खेलको टी–ट्वान्टी र तीन खेलको एकदिवसीय खेलिरहेको छ ।