पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन « Khabarhub

पाँच महिनामा ८८ अर्ब राजस्व सङ्कलन


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज–देशकै मुख्य व्यापारी नाका वीरगञ्जबाट आयात तथा र्नियात बढेसँगै भन्सार कार्यालयको राजस्व सङ्कलनमा उलेख्य सुधार भएकोे छ । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालू आवको पहिलो पाँच महिनामा यस कार्यालयले ५२ प्रतिशत भन्दाबढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।

आर्थिक वर्ष २०७७÷७८को साउनदेखि मङ्सिर मसान्त सम्मको पाँच महिनामा रु ५८ अर्ब १५ करोड ९९ लाख राजस्व सङ्कलन गरिएकामा चालू आवको सोही अवधिमा रु ३० अर्ब ५३ करोड ९२ लाख बढी अर्थात ८८ अर्ब ६९ करोड ९२ लाख राजश्व सङ्कलन भएको छ । यो गत आवको तुलनामा ५२दशमलव५० प्रतिशत बढी हो ।

विभागलले चालू आवको साउनदेखि मङ्सिर मसान्तसम्मको अवधिमा रु ८२ अर्ब ६१ करोड २५ लाख राजस्व सङ्कलनको लक्ष्य लिएकामा कार्यालयले लक्ष्यभन्दा रू छ अर्ब आठ करोड ६६ लाख बढी राजस्व सङ्कलन गर्न सफल भएको सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले देशकै प्रमुख व्यपारिक नाका वीरगञ्जलाई प्रयोग गरी सवारी साधन, इन्धन, औद्योगिक कच्चापदार्थलागयत वस्तुको आयात बढेकाले राजस्व सङ्कलनमा सुधार देखिएको बताए ।

गत आर्थिक वर्षको पहिलो पाँच महिनामा रु ५४ अर्ब ७३ करोड ५७ लाख राजस्व सङ्कलनको लक्ष्य रहेकामा कार्यालयले लक्ष्यभन्दा रु तीन अर्ब ४२ करोड ४१ लाख बढी राजस्व सङ्कलन गरेको थियो । नेपालका लागि हुने इन्धन आयातबाट सङ्कलित राजस्वमा ३५ प्रतिशत र सवारीसाधन आयातबाट २५ प्रतिशत राजस्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : १५ बजे

बालेनले मेयर पदबाट दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले पदबाट राजीनामा दिएका

आइतबार ३१ अंकले बढ्यो नेप्से, ८ अर्ब बढीको भयो कारोबार

काठमाडौं– साताको पहिलो सेयर कारोबारको दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)

तनहुँमा प्रतिनिधिसभा निर्वाचन : कांग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो

दमौली (तनहुँ)- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

हामी नेपाल संस्थाका सुदन गुरूङ रास्वपामा प्रवेश गर्दै

काठमाडौं– जेन–जी अभियन्ता सुदन गुरुङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँगको

झापाका रास्वपा नेताको उद्घोष– अब ‘बा’ को जिल्लाबाट बालेन किल्ला हुँदैछ

काठमाडौं- झापा जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वापाका करिब १५ हजार