रोकिएन बालुवा चोरी निकासी | Khabarhub Khabarhub

रोकिएन बालुवा चोरी निकासी


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा–जिल्लाका विभिन्न भागमा अवैधरूपमा बालुवा चोरी निकासीका घटना बढेका छन् । कालीगण्डकी नदीको रिडीबाट रामपुर क्षेत्रमा सबैभन्दा बढी मात्रामा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो थियो । राम्दी क्षेत्रबाट समेत दैनिकजसो बालुवा निकालेर जिल्लामै र स्याङ्जातर्फ निकासी हुँदै आएको छ । पछिल्ला महिना निस्दी खोलाबाट अवैधरूपमा बालुवा चोरीको घटना बढिरहेको बताइएको छ ।

स्थानीय प्रशासन र पालिकाको निगरानी नहुँदा प्रकृतिको दोहन बढेको हो । अवैधरूपमा नदी तथा खोला किनारबाट बालुवा निकालेर निकासी गर्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने देखिएको छ ।जिल्लाका अधिकांश खोला तथा नदी क्षेत्रमा गिट्टी, बालुवा निकासी भए पनि स्थानीय तह रमिते बन्दा चोरी निकासी रोकिएको छैन । पछिल्लो एक हप्ताको अवधिमा प्रहरीले तीन ट्र्याक्टरलाई अवैधरूपमा निकालिएको बालुवासहित नियन्त्रणमा लिएको थियो ।

रामपुर नगरपालिका–१ छम्केस्थित निस्दी खोलाबाट अवैधरूपमा गिट्टी, बालुवा चोरी निकासी गर्दै गरेको अवस्थामा लु४त ५२७१ नंको ट्र्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले बताए । निस्दी गाउँपालिका–१ डमरास्थित कालीगण्डकी नदी किनारामा अवैधरूपमा थुपारेर राखी गिट्टी, बालुवा लोड गर्दै गरेको अवस्थामा लु४त ८३०७ नंको ट्र्याक्टरलाई पनि प्रहरीले नियन्त्रण लिएको थियो ।

दुवै ट्र्याक्टरलाई केलादी प्रहरी चौकीले नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ती ट्र्याक्टरका चालकलाई कारबाहीका लागि सम्बन्धित पालिकामा पठाइएको छ । रामपुर नगरपालिका–१० गौरीघाटस्थित कालीगण्डकी नदी किनाराबाट अवैधरूपमा गिट्टी, बालुवा लोड गर्दै गरेको अर्को एक ट्र्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक त्वातीले बताए । नम्बर नखुलेको सो ट्र्याक्टरका चालकलाई हुँगीस्थित प्रहरी चौकीले नियन्त्रणमा लिई कारबाहीका लागि रामपुर नगरपालिकामा पठाइएको उहाँको भनाइ थियो । अवैधरूपमा गिट्टी, बालुवा खुलेआम चोरी निकासी रोकथामका निम्ति स्थानीय तहले सचेतना अभियान सञ्चालन गरेको छैनन् ।

कतिपय स्थानीय तहमा जनप्रतिनिधिकै मिलेमतोमा बालुवा चोरी निकासी हुँदै आएको स्थानीय बासिन्दाको गुनासो छ । नदी क्षेत्र सुरक्षाका लागि सरकारी संरचना निर्माणमा समेत जथाभावीरूपमा बालुवा निकाल्दा प्राकृतिक हिसाबले जोखिम बढ्ने विज्ञको भनाइ छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  १ : ४५ बजे

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला

‘विश्वले अब गर्मीको लहरसँग बाँच्न सिक्नुपर्नेछ’

एजेन्सी – संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले

संविधानअनुसार परराष्ट्र नीति सञ्चालन गरिएको गृहमन्त्रीको दाबी

काठमाडौँ – गृहमन्त्री रमेश लेखकले नेपालको परराष्ट्र नीति र अन्तरराष्ट्रिय