फागुन २७ मा ‘आकासे खेती’ « Khabarhub

फागुन २७ मा ‘आकासे खेती’


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निर्देशक उदय सुब्बा निर्देशित फिल्म ‘आकासे खेती’ ले अफिसियल पोस्टरसँगै रिलिज मिति पनि सार्वजनिक गरेको छ । फिल्म आगामी फागुन २७ गते रिलिज हुनेछ ।

पोस्टरमा प्रमुख कलाकारहरु गौरव पहारी, विल्सनविक्रम राई ‘तक्के बुढा’, बुद्धी तामाङ ‘हैट’, नीता ढुङ्गाना, रवीन्द्र झा, रमा लिब्बु, जयनन्द लामा, शिशिर वाङ्देललगायतका कलाकारलाई समेटिएको छ ।

निर्देशक सुब्बाले फिल्मले तिब्बती शरणार्थी र परिश्रम नै नगरी पैसा कमाउने युवाहरुको सपना र चाहनाको कथालाई देखाउने बताए ।

केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ, दिलप्रकाश याक्सो निर्माता रहेको फिल्मको कथा निर्देशक आफैले तयार पारेका हुन् । फिल्मको संवाद कलाकार विल्सनविक्रम राई ‘तक्के बुढा’ले लेखेका हुन् ।

एसएस इन्टरनेशनल फिल्मस् र तोक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा विक्रम डिसीको छायांकन, सुजन बडालको सम्पादन, राजु किरातीको द्वन्द्व, रामजी लामिछाने र राजिवको नृत्य, विकास चौधरी र बादल लिब्बुको संगीत छ । फिल्मलाई जिजि ग्रुपका करण श्रेष्ठले उपत्यका र एफ.डि कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  २ : १४ बजे

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजेदखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।