शेयर बजारमा दोहोरो अंकको वृद्धि « Khabarhub

शेयर बजारमा दोहोरो अंकको वृद्धि


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शेयर कारोबार हुने साताको अन्तिम दिन विहीबार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । विहीबार बजार मापक परिसूचक नेप्से १२.५३ अंकले बढेर २५२०.२३ को बिन्दुमा पुगेको छ ।

यो हप्ता ४ दिन कारोबार हुँदा तीन दिन बजार बढ्यो भने एक दिन ओरालो लाग्यो । सोमबार घटेको बजार, मंगलबार, बुधबार र विहीबार उकालो लागेको हो ।

विहीबार कारोबार भएका १३ वटा उपसमूहमध्ये ३ वटा उपसमूहको बजार भने ओरालो लागेको छ । विकास बैंक, जलविद्युत र वित्त उपसमूहको बजार ओरालो लागेको हो । यसदिन सबैभन्दा धेरै वित्त उपसमूहले ४९.१ को क्षति बेहोर्दा, निर्जीवन बीमा उपसमूहले सबैभन्दा धेरै ३८१.९७ अंकले कमायो ।

विहीबार २२९ कम्पनीका ८३,२३,९२३ कित्ता शेयर किनबेच हुँदा ४,४९,०२,६६,४१० रुपैयाँ बराबरको कारोबार भयो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ४ : ०१ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति