बाँकेमा दुई लाखले लगाए कोरोनाविरुद्धको खोप | Khabarhub Khabarhub

बाँकेमा दुई लाखले लगाए कोरोनाविरुद्धको खोप


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा करिब दुई लाखले कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार लक्षित उमेर समूह १८ वर्ष माथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुवै मात्रा लगाएका छन्।

स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठले खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये ४८.६ प्रतिशतले मात्र खोपको दोस्रो मात्रा पुरा गरेका छन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोजको खोप नलगाउने ६६ हजार ९ सय ७४ रहेका छन् । फोकल पर्सन श्रेष्ठले अझै जिल्लामा १ लाख ४१ हजार ६ सय ७४ जना मानिसहरू खोपको पहुँचदेखि बाहिर रहेको बताए ।

उनले भने, ‘खोपको पहुँचमा नरहेका ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकामा शनिबार बाहेक अन्य बार नियमित खोप लगाउने अभियान सञ्चालन गरेका छौं ।’ उनले बाँकेमा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई खोप लगाउनको लागि पुनः पहल गर्ने गरी योजना निर्माण गरिएको स्पष्ट पारे ।

उनले पालिका अनुसार खोप लगाउन छुटेका सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरका ३२ हजार ४ सय १८, राप्ती सोनारीका २२ हजार ८ सय ६४, बैजनाथ गाउँपालिका २० हजार ७ सय ४७, कोहलपुर १६ हजार ८ सय ३३, नरैनापुर १५ हजार ५ सय ९४, खजुरा ११ हजार ८ सय ५०, जानकी ११ हजार २ सय ४९, डुडुवा १० हजार १ सय १९ जना रहेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : ४४ बजे

यस्तो छ आजको सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती– पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका

चल्ला बेचेर वार्षिक तीन लाख आर्जन गर्दै कमला

लम्की– बर्दगोरिया गाउँपालिका–२ कुम्भियाकी कमला विष्टले कुखुरापालनबाट आत्मनिर्भर बन्न सकिन्छ

भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद

वीरगञ्ज – सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट परिचालन

सङ्गठित अपराधमा संलग्न भएको आरोपमा चर्चित मुक्केबाजको गिरफ्तारी

वाशिङ्टन – अमेरिकी आप्रवासी एजेन्टले मेक्सिकोका चर्चित मुक्केबाज ३९ वर्षीय