बाँकेमा दुई लाखले लगाए कोरोनाविरुद्धको खोप « Khabarhub

बाँकेमा दुई लाखले लगाए कोरोनाविरुद्धको खोप


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेमा करिब दुई लाखले कोरोना संक्रमणविरुद्धको खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अनुसार लक्षित उमेर समूह १८ वर्ष माथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये एक लाख ९७ हजार पाँच सय १७ जनाले खोपको दुवै मात्रा लगाएका छन्।

स्वास्थ्य कार्यालय बाँकेका खोप कार्यक्रमका फोकलपर्सन नरेश श्रेष्ठले खोप लगाउने लक्षित समूह १८ वर्ष उमेरमाथिका ४ लाख ६ हजार १ सय ६५ जना मध्ये ४८.६ प्रतिशतले मात्र खोपको दोस्रो मात्रा पुरा गरेका छन् । पहिलो डोज लगाउनेको संख्या भने दुई लाख ६४ हजार चार सय ९१ छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेको तथ्याङ्क अनुसार ६५.१ प्रतिशतले पहिलो डोज खोप लगाए पनि दोस्रो डोजको खोप नलगाउने ६६ हजार ९ सय ७४ रहेका छन् । फोकल पर्सन श्रेष्ठले अझै जिल्लामा १ लाख ४१ हजार ६ सय ७४ जना मानिसहरू खोपको पहुँचदेखि बाहिर रहेको बताए ।

उनले भने, ‘खोपको पहुँचमा नरहेका ती व्यक्तिलाई खोपको पहुँचमा ल्याउन जिल्लाका आठवटै पालिकामा शनिबार बाहेक अन्य बार नियमित खोप लगाउने अभियान सञ्चालन गरेका छौं ।’ उनले बाँकेमा कोरोनाविरुद्धको खोप लगाउन छुटेकालाई खोप लगाउनको लागि पुनः पहल गर्ने गरी योजना निर्माण गरिएको स्पष्ट पारे ।

उनले पालिका अनुसार खोप लगाउन छुटेका सबैभन्दा बढी नेपालगञ्ज उपमहानगरका ३२ हजार ४ सय १८, राप्ती सोनारीका २२ हजार ८ सय ६४, बैजनाथ गाउँपालिका २० हजार ७ सय ४७, कोहलपुर १६ हजार ८ सय ३३, नरैनापुर १५ हजार ५ सय ९४, खजुरा ११ हजार ८ सय ५०, जानकी ११ हजार २ सय ४९, डुडुवा १० हजार १ सय १९ जना रहेका छन् । न्यूजकारखाना

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ६ : ४४ बजे

बजार अनुगमन र उपभोक्ता अधिकार सुनिश्चित गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

काठमाडौं– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), काठमाडौं जिल्ला

एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते काठमाडौंमा हुने

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी मङ्सिर २ र ३ गते

ओमानविरुद्ध अर्धशतक बनाएर आउट भए रोहित पौडेल

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ श्रृंखला अन्तर्गत ओमानविरुद्धको खेलमा नेपाली

‘नेपाल र ओमानबीचको मैत्रीपूर्ण सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउँछु’

काठमाडौं– ओमानका लागि प्रस्तावित नेपाली राजदूत पदमाक्षी राणाले नेपाल र

अर्थमन्त्री स्वर्णिम वाग्ले ब्याङ्कक प्रस्थान

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक)