आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई | Khabarhub Khabarhub

आर्थिक क्रान्तिको लागि पर्यटन : मुख्यमन्त्री राई


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम– प्रदेश एकका मुख्यमन्त्री राजेन्द्र राईले आर्थिक क्रान्तिलाई पूरा गर्न पर्यटन प्रवर्द्धन मुख्य कार्य भएको बताएका छन् । इलामको माई नगरपालिका–१ मा बिहीबार शुरु भएको चारदिने तेह्रकुने महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले पर्यटकीय क्षेत्रको संरक्षण र प्रचार प्रसार आवश्यक रहेको बताए ।

उनले तेह्रकुने सिमसार क्षेत्रको विकास र संरक्षणका लागि प्रदेश सरकारले उचित ध्यान दिने बताए । चुरे क्षेत्रमा रहेको तेह्रकुने पोखरीको प्रचार प्रसारको लागि चारदिने महोत्सव आयोजना गरिएको हो । प्रदेश सांसद काजीमान कागतले, नगरपालिका प्रमुख दीपक थेबे लगायतका वक्ताले सिमसार क्षेत्रको विस्तृत परियोजना प्रतिवेदन अनुसारको काम अघि बढाउनुपर्नेमा जोड दिए ।

महोत्सवको अवसर पारेर पोखरीमा दुई वटा डुंगा सयरको व्यवस्था गरिएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा राई, लिम्बु, सुनुवार र उराउ जातिको सांस्कृतिक झाकी प्रदर्शन गरिएको छ । मुख्यमन्त्री राईले सांस्कृतिक बाजा च्याब्रुङ बजाएर महोत्सवको उद्घाटन गरेका थिए। चारदिने महोत्सवमा स्थानीय जातजातिको झाकी र भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

त्यस्तै प्रत्येक दिन साङ्गीतिक कार्यक्रम हुने हुनेछन् । स्थानीय उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्य राखिएको महोत्सवमा सिस्नोका विभिन्न परिकार, वाचिपा (मासुको परिकार), ढिँडो, गुन्द्रुकको अचार जस्ता परिकारको व्यवस्था गरिएको छ ।

सामुन्द्रिक सतहबाट पाँच सय मिटरको फिटको उचाइमा रहेको तेह्रकुने सिमसार क्षेत्रको झापाबाट नजिकैको दुरीमा पर्ने भएकाले पर्यटकको रोजाइमा पर्न सक्छ । चुरे क्षेत्रमा रहेको तेह्रकुने पोखरी पर्यापर्यटनको दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

स्थानीयको अग्रसरतामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालयले पोखरीको संरक्षणमा लगानी गरेका छन् । ३५ रोपनी जग्गामा फैलिएको पोखरी चुरे क्षेत्रका लागि रिचार्ज टङ्कीको रूपमा काम गर्न सक्छ ।

सिमसार क्षेत्रमा बालबालिका देखि बृद्धबद्धासम्मको लागि छुट्टाछुट्टै उद्यान बनाउने, आकाशे पुल, भ्यु टावर र पोखरीलाई सिंगार्ने योजना छन् । चार दिने महोत्सवमा १६ देखि २० हजारसम्म पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : २० बजे

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ

रूकुम पश्चिम– आफ्नै श्रीमती ३० वर्षीया देविका बुढाथोकीको हत्या गरेको आरोपमा

सिर्सिया नदीमा औद्योगिक फोहर मिसाउनेलाई स्थाकारबाही

वीरगञ्ज– बारा–पर्साको औद्योगिक कलकारखानाबाट निस्कने केमिकलजन्य प्रदूषित फोहरमैला सिर्सिया नदीमा

निजामती विधेयकमा चलखेल गर्नेलाई कारबाही हुनुपर्छ : कार्यवाहक प्रधानमन्त्री

काठमाडौं– कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामती

नारायणगढ–बुटवल सडक : तेस्रो पटकको म्याद सकिन लाग्दा ६९ प्रतिशत मात्र प्रगति

त्रिवेणी– नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६९ प्रतिशत पुगेको

बाँदरको समस्याको विकल्पमा कागुनोखेती

गण्डकी– पोखरा महानगरपालिका–२८ काफलघारीका कृषक बाँदरको बढ्दो समस्यालाई दृष्टिगत गर्दै