खसआर्य तथा जनजाति कोटाबाट निर्वाचित हुने यी हुन् कांग्रेस केन्द्रीय सदस्य (सूचीसहित) « Khabarhub

खसआर्य तथा जनजाति कोटाबाट निर्वाचित हुने यी हुन् कांग्रेस केन्द्रीय सदस्य (सूचीसहित)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको चयनका लागि भएको चुनावको मत गणना सकिएको छ । गत पुस २८ गते भएको मतदानको विहीबार मत गणना सकिँदा सबैभन्दा अन्तिममा जनजाति महिलातर्फको परिणाम आयो ।

विहीबार खसआर्य खुला र महिला तथा आदिवासी जनजाति खुलाको मतपरिणाम आएको छ । निर्वाचन समितिका अनुसार खसआर्य खुलामा केशवकुमार बुढाथोकी, गोविन्दकुमार शाह, भीम पराजुली, मधु आचार्य, श्यामकुमार घिमिरे, नारायणबहादुर कार्की र गेहेन्द्र गिरी निर्वाचित भएका छन् ।

यस्तै खसआर्य महिलातर्फ मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।

यस्तै आदिवासी जनजाती खुलातर्फ उमेश श्रेष्ठ (चितवन), बहादुरसिंह लामा (नुवाकोट), दिलमान पाख्रिन (धादिङ), टेकबहादुर गुरुङ (मनाङ), आङगेलु शेर्पा (सोलुखुम्बु), तारामान गुरुङ (संखुवासभा) र टेकप्रसाद गुरुङ (चितवन) केन्द्रीय सदस्यमा विजयी भएका छन् ।

यस्तै आदिवासी जनजाति महिलातर्फ सिता गुरुङ, अन्जनी श्रेष्ठ, सरस्वती वजीमय, गंगा लक्ष्मी, माया राई, सीता राना, सुशीला थिङ र उषा गुरुङ निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ७ : ५२ बजे

भेनेजुएलामा ठूलो भूकम्पपछि २० भन्दा बढी पराकम्प, ट्रम्पद्वारा सहयोगको प्रतिबद्धता

काठमाडौँ – पहिलो मुख्य भूकम्पपछि भेनेजुएलामा २० भन्दा बढी पराकम्प

मेक्सिकोको समूह विजेता बन्दै नकआउट चरणमा

मेक्सिको सिटी – घरेलु टोली मेक्सिकोले जारी विश्वकप फुटबलको समूह

विश्वकप फुटबल : धेरै सेलिब्रेटी मेसीकै फ्यान

काठमाडौँ- नायक अनमोल केसी यही साता अमेरिका उड्ने तयारीमा छन्

दक्षिण कोरियामाथि अफ्रिकाको रोमान्चक जित, समूह उपविजेता बन्दै नकआउट चरणमा

काठमाडौँ – दक्षिण कोरियामाथि १–० को रोमाञ्चक जित निकाल्दै दक्षिण