अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ई–पासपोर्ट व्यवस्था गरिएको परराष्ट्रको दाबी (भिडियो) | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ई–पासपोर्ट व्यवस्था गरिएको परराष्ट्रको दाबी (भिडियो)


८ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ककाठमाडौँ– परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लािग विद्युतीय राहदानीको व्यवस्था गरिएको जनाएको छ ।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्र मन्त्रालयलका सचिव भरतराज पौड्यालले एमआरपीलाई स्तरोन्नती गर्दै अन्तर्राष्ट्रिय मापदण्डको बनाउनका लागि विद्युतीय राहदानीको व्यवस्था गरिएको बताए।

उनले चिपसहितको कार्ड विद्युतीय राहदानीमा रहेको र यसले सुरक्षालाई निकै मजबुद बनाउने जानकारी दिए । राहदानीबाहक बाहेक अन्यले राहदानी दुरुपयोग गर्ने संभावना अव अन्त्य भएको र विश्वका १०० भन्दा देशले विद्युतीय राहदानीको व्यवस्था गरेको उनले जानकारी दिए ।

बैठकमा राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले विद्युतीय राहदानी राष्ट्रियपरिचय पत्रसंग आवद्ध गर्नु चूनौतिपूर्ण रहेको बताए । उनले कर्मचारीका अभावका कारण मुलुकभर सहज ढंगले काम गर्न कठिनाइ भएको जिकिर गरे।

नेपालमा सन् २०१० को डिसेम्बर २६ देखि हस्तलिखित पासपोर्टलाई हटाएर मेसिन रिडएबल पासपोर्ट (एमआरपी) लागू गरेको थियो । विश्वका विकसित मुलुकहरुले लागू गरिसकेको इ–पासपोर्ट प्रयोग गर्न थालेपछि नेपालले पनि नयाँ पासपोर्ट लागू गरेको हो ।

प्रकाशित मिति : ८ पुस २०७८, बिहीबार  ८ : १० बजे

सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति करिब ६० प्रतिशत

पाल्पा – राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम

हमासले युद्धविराम प्रस्ताव स्वीकारेपछि इजरायलद्वारा सबै बन्धकलाई रिहा गर्न माग

एजेन्सी – इजरायलका एक वरिष्ठ अधिकारीले हमासले युद्धविरामको नयाँ प्रस्ताव

आठ महिनामा जापानीज इन्सेफलाइटिस्‌बाट ६३ सङ्क्रमित, ११ जनाको मृत्यु

काठमाडौँ – जापानीज इन्सेफलाइटिस्‌बाट सन् २०२५ को हालसम्म ११ जनाको

काभ्रेको भुम्लुका दुई वडामा लालपूर्जा बाँड्न सुरु

काभ्रे –५० वर्षदेखि आफ्नो जग्गाको लालपूर्जाको प्रतिक्षामा रहेका काभ्रेको भुम्लु

एक वर्षमा मारिए ३८३ सहायताकर्मी, अन्तर्राष्ट्रिय उदासीनता ‘लज्जास्पद’

एजेन्सी – सन् २०२४ मा ३८३ जना सहायताकर्मीको मृत्यु भएको