काम खोज्दै भारत जानेको संख्या बढ्यो « Khabarhub

काम खोज्दै भारत जानेको संख्या बढ्यो


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– कोरोना कहरले नेपाल आएका युवा सीमा नाका खुकुलो हुने बित्तिकै काम खोज्दै भारत जानेको संख्या बढ्न थालेको छ । देशका विभिन्न नाकाबाट भारत जानेको संख्या बढ्दै गएको हो ।

शनिबार मात्रै बाँकेको जमुनाह नाकाबाट पाँच हजार बढी भारत गएका छन् । उनीहरु काम खोज्दै र किनमेलका लागि भारत गएको पाइएको प्रहरीले जनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सरकारले गत चैत ७ गतेदेखि सीमानाका बन्द गरेको थियो। अहिले पनि भारतसँगका सीमानाका औपचारिक रूपमा खोलिएका छैनन्। तैपनि दुवै देशका सर्वसाधारणको सहजताका लागि भारतले दुई महिनाअघिदेखि नै सीमानाका खुकुलो पारेको थियो। १ माघदेखि भने नेपालतर्फबाट पनि केही खुकुलो गरिएको इलाका प्रहरी कार्यालय, जमुनाहका प्रमुख सइ विष्णु गिरीले बताए।

अहिले किनमेल र औषधि उपचारका लागि भारत जान छुट दिइएको उनले बताए। तर, सीमानाका खुलेको औपचारिक पत्र आएको छैन। अहिले भारत आउजाउ गर्न कुनै समस्या नभएको स्थानीय बासिन्दाले बताएका छन्।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ९ : ४५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व चुहावट

अमेरिका–इरान वार्ता अन्योलमा

इस्लामावाद- अमेरिका र इरानबीच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु

२५ वर्षीया जेन-जी रुबीकुमारी बनिन् ‘कान्छी’ उपसभामुख

काठमाडौं– धनुषाकी २६ वर्षीया रुबीकुमारी ठाकुर प्रतिनिधि सभाको उपसभामुखमा विजयी

‘सञ्चार क्षेत्रको संरक्षण र संवर्द्धन गर्नु सरकारको दायित्व हो’

अत्तरिया– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सञ्चार क्षेत्रको संरक्षण र