नेपालकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने « Khabarhub

नेपालकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– पूर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो वर्षको नाममा गरिने ‘नाइन्टी सिक्स ट्रफी’ दुईदिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ ।

यो प्रतियोगिताभन्दा पनि सिजन हो जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात प्रतियोगिताहरू हुनेछन् । प्रतियोगिताका खेलाडीहरूले दुई दिने क्रिकेटको आनन्द उठाउनेछन् भने सेतो जर्सी र रातो बलमा खेल्नेछन्, कम्पनीका अध्यक्ष अमित पोखरेलले भने ।

प्रदेश ५ र प्रदेश ६ को एकै प्रादेशिक क्रिकेट बोर्ड रहेका कारण दुवै प्रदेशमा संयुक्त प्रतियोगिता सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशको विजेताले राष्ट्रियस्तरको फाइनल खेल्नेछन् । प्रत्येक प्रदेशले आठ क्लब वा एकेडेमीलाई सहभागी गराउन सक्नेछन् ।

यसरी खेलाउँदा हामीले पहिलो सिजनमा कम्तीमा ४८ टोलीहरूलाई खेलाउन सक्नेछौं र आशा छ टिमहरूको संख्या आगामी बर्षहरुमा थपिँदै जानेछन्, कम्पनीका प्रबन्ध निर्देशक रोशन धितालले भने । हरेक सिजन फागुन महिनामा सुरू हुने र पहिलो संस्करण माघ २०७८ मा सम्पन्न हुने पनि कम्पनीले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई साढे दुई लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ द सिरिज’ले २५ हजार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्स्म्यानले १० हजार प्राप्त गर्नेछन् । पहिलो संस्करणको पहिलो सिजन फागुन १२ देखि प्रदेश १ मा सुरू हुनेछ ।

प्रदेश १ को प्रतियोगिताका लागि धेरै ८ क्लब वा एकेडेमीलाई सहभागी गराइने, आयोजकले जानकारी दिएका छन् । पहिलो सिजनका खेलहरू झापा र मोरङमा हुनेछ । मोरङमा हुने फाइनल फागुन २२ र २३ गते खेलाइनेछ । प्रदेश २ को सिजनका बारे विस्तृत जानकारी पहिलो सिजनको समाप्तिपछि दिइनेछ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : ३६ बजे

वन कार्यालय भोजपुरद्वारा काठ बरामद

भोजपुर– डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

इटहरी– इटहरी उपमहानगरपालिकाको आयोजनामा आइतबारदेखि नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

सुदूरपश्चिममा १८ जना महिला उम्मेदवार चुनावी मैदानमा

महेन्द्रनगर– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट दुई जना स्वतन्त्रसहित

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको