नेपालकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने « Khabarhub

नेपालकै सबैभन्दा लामो क्रिकेट प्रतियोगिता हुने


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– पूर्वको नाइन सिक्स इभेन्ट्स प्राइभेट लिमिटेडले नेपाली क्रिकेटकै सबैभन्दा लामो प्रतियोगिता गर्ने भएको छ । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पाइला टेकेको पहिलो वर्षको नाममा गरिने ‘नाइन्टी सिक्स ट्रफी’ दुईदिने क्रिकेट अवधारणामा सातै प्रदेशमा खेलाइने छ ।

यो प्रतियोगिताभन्दा पनि सिजन हो जहाँ १ सय २२ दिनसम्म नेपालमा क्लब क्रिकेट सञ्चालन हुनेछ भने प्रत्येक सिजनमा सात प्रतियोगिताहरू हुनेछन् । प्रतियोगिताका खेलाडीहरूले दुई दिने क्रिकेटको आनन्द उठाउनेछन् भने सेतो जर्सी र रातो बलमा खेल्नेछन्, कम्पनीका अध्यक्ष अमित पोखरेलले भने ।

प्रदेश ५ र प्रदेश ६ को एकै प्रादेशिक क्रिकेट बोर्ड रहेका कारण दुवै प्रदेशमा संयुक्त प्रतियोगिता सञ्चालन गरिनेछ । प्रत्येक प्रदेशको विजेताले राष्ट्रियस्तरको फाइनल खेल्नेछन् । प्रत्येक प्रदेशले आठ क्लब वा एकेडेमीलाई सहभागी गराउन सक्नेछन् ।

यसरी खेलाउँदा हामीले पहिलो सिजनमा कम्तीमा ४८ टोलीहरूलाई खेलाउन सक्नेछौं र आशा छ टिमहरूको संख्या आगामी बर्षहरुमा थपिँदै जानेछन्, कम्पनीका प्रबन्ध निर्देशक रोशन धितालले भने । हरेक सिजन फागुन महिनामा सुरू हुने र पहिलो संस्करण माघ २०७८ मा सम्पन्न हुने पनि कम्पनीले जनाएको छ ।

प्रतियोगिताको विजेता टोलीलाई साढे दुई लाख प्राप्त गर्नेछन् । ‘म्यान अफ द सिरिज’ले २५ हजार पाउनेछन् भने उत्कृष्ट बलर र ब्याट्स्म्यानले १० हजार प्राप्त गर्नेछन् । पहिलो संस्करणको पहिलो सिजन फागुन १२ देखि प्रदेश १ मा सुरू हुनेछ ।

प्रदेश १ को प्रतियोगिताका लागि धेरै ८ क्लब वा एकेडेमीलाई सहभागी गराइने, आयोजकले जानकारी दिएका छन् । पहिलो सिजनका खेलहरू झापा र मोरङमा हुनेछ । मोरङमा हुने फाइनल फागुन २२ र २३ गते खेलाइनेछ । प्रदेश २ को सिजनका बारे विस्तृत जानकारी पहिलो सिजनको समाप्तिपछि दिइनेछ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १० : ३६ बजे

सभामुखकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौँ – सभामखु डिपी अर्यालकी सासू आमाको निधनपछि प्रतिनिधिसभाको बैठक

पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान

चितवन– पूर्वी चितवनको रत्ननगरमा पालिएका पशु चौपायमा रेविजको सङ्क्रमण देखिएको

काठमाडौँमा सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन

आजको प्रतिनिधिसभा बैठक स्थगित : बुधबार दिउँसो १ बजे बस्ने

काठमाडौँ – प्रतिनिधिसभाको बैठक सारिएको छ। सङ्घीय संसद सचिवालयका अनुसार

भदौ २३ र २४ मा आन्दोलन हुने खबर भ्रामक छ: रक्षा बम

काठमाडौँ – आगामी भदौ २३ र २४ गते सरकारविरुद्ध पुनः