‘मिस तामाङ २०२१’को तयारी « Khabarhub

‘मिस तामाङ २०२१’को तयारी


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२१’को तयारी सुरू भएको छ । प्रतियोगिताका लागि गत शनिबार काठमाडौँमा भएको पहिलो चरणको अडिसनमा १८ जनाले सहभागिता जनाएका थिए ।

एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको प्रतियोगिताको पहिलो चरणको अडिसनबाट काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा, रामेछापकी ज्योति लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी बिनिता तामाङ छनोट भएका छन् ।

अडिसनबाट छनौट भएकालाई एक महिनाको तालिम दिइने होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको छ ।

२८५७ औं सोनाम ल्होछारको छेको पारेर आयोजना गर्न लागेको प्रतियोगिताको फिनाले होटल र्‍याडिसनमा हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर, फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

अडिसनको निर्णायक मण्डलमा सुनिता दोङ, ‘मिस तामाङ २०१७’ की फष्ट रनरअप नावाङ मोक्तान र आयोजकका तर्फबाट अध्यक्ष ब्लोन थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : ४४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै