‘मिस तामाङ २०२१’को तयारी « Khabarhub

‘मिस तामाङ २०२१’को तयारी


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सौन्दर्य प्रतियोगिता ‘मिस तामाङ २०२१’को तयारी सुरू भएको छ । प्रतियोगिताका लागि गत शनिबार काठमाडौँमा भएको पहिलो चरणको अडिसनमा १८ जनाले सहभागिता जनाएका थिए ।

एभरेष्ट फेसन होमद्वारा आयोजना गरिने १३ औं संस्करणको प्रतियोगिताको पहिलो चरणको अडिसनबाट काठमाडौंकी शिष्मा लामा, काभ्रेकी प्रतिभा तामाङ, सफलता तामाङ, संगीता लामा, सुजाता तामाङ, रिमा लामा, सिता दोङ, दिपाशा लामा दोङ र प्रतिभा लामा, रामेछापकी ज्योति लामा, नुवाकोटकी सुनिता तामाङ, सिन्धुलीकी गंगामाया रुम्बा र पासाङ ब्लोन, दोलखाकी अनिता तामाङ, धादिङकी आनन्दी तामाङ, रसुवाकी सविना गोले, भक्तपुर नगरकोटकी सफिला थिङ, धरानकी बिनिता तामाङ छनोट भएका छन् ।

अडिसनबाट छनौट भएकालाई एक महिनाको तालिम दिइने होमकी अध्यक्ष रञ्जिता ब्लोन तामाङले जानकारी दिइन् । तामाङ भाषा, धर्म, कला, संस्कृति, भेषभुषा, रितिरिवाज र रहनसहनलाई युवामाझ पुर्याउने उद्देश्यले विगत २००९ देखि यो प्रतियोगिता गर्दै आइरहेको छ ।

२८५७ औं सोनाम ल्होछारको छेको पारेर आयोजना गर्न लागेको प्रतियोगिताको फिनाले होटल र्‍याडिसनमा हुनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर, फस्ट रनरअपले ५० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर र सेकेण्ड रनरअपले नगद ३० हजार रुपैयाँ, सिल्भर क्राउन र गिप्ट ह्याम्पर पाउनेछ । प्रतियोगितामा सहभागी १० जनालाई विभिन्न सबटाइटल पुरस्कार प्रदान गरिनेछ ।

अडिसनको निर्णायक मण्डलमा सुनिता दोङ, ‘मिस तामाङ २०१७’ की फष्ट रनरअप नावाङ मोक्तान र आयोजकका तर्फबाट अध्यक्ष ब्लोन थिइन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : ४४ बजे

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति

लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच

काठमाडौं- ‘हेपाटाइटिस बी’ खोपको परीक्षणमा प्रयोग गरिएका चिम्पान्जी संरक्षण केन्द्रमा

सिमकोटमा विद्युत् आपूर्ति बन्द

हुम्ला– जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत् सेवा अवरुद्ध हुँदा