प्रधानमन्त्रीको विषय उठेपछि प्रधानन्यायाधीशले भने- न्यायालय बाहिरी कुराबाट प्रभावित हुँदैन « Khabarhub

प्रधानमन्त्रीको विषय उठेपछि प्रधानन्यायाधीशले भने- न्यायालय बाहिरी कुराबाट प्रभावित हुँदैन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाहिरी कुराबाट न्यायालय प्रभावित नहुने प्रष्ट्याएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि जारी आजको सुनुवाइमा सुरूमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकालाई प्रभावित पार्न खोजेको बताए ।

जवाफमा प्रधानन्यायाधीश जबराले अदालत कोही कसैबाट प्रभावित नहुने भन्दै सुनुवाइ अघि बढाउन रूलिङ गरे ।

प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’  भनेर टिप्पणी गरेर न्यायालयको मानहानी भएको अधिवक्ता त्रिपाठीले दाबी गरे ।

लगत्तै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले मात्र नभई पूर्वप्रधानमन्त्रीहरुले बोलेका कुराहरू पनि न्यायालयको गरिमाविपरीत रहेको जिकिर गर्दै तत्काल बजारका त्यस्ता कुराहरुमाथि आफूहरु केन्द्रित नहुने प्रस्ट पारे ।

‘अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क–कसलाई जम्मा गरेर साध्य हुन्छ ? कसले के गरे, कसले के भने भन्नेतिर नजाऊँ,’ उनले भने ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि केन्द्रित रहेर यस विषयलाई छिटो टुङ्ग्याउँदै मुलुकलाई निकास दिनु अहिलेको प्राथमिकता रहेको बताए ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : २० बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने