प्रधानमन्त्रीको विषय उठेपछि प्रधानन्यायाधीशले भने- न्यायालय बाहिरी कुराबाट प्रभावित हुँदैन | Khabarhub Khabarhub

प्रधानमन्त्रीको विषय उठेपछि प्रधानन्यायाधीशले भने- न्यायालय बाहिरी कुराबाट प्रभावित हुँदैन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बाहिरी कुराबाट न्यायालय प्रभावित नहुने प्रष्ट्याएका छन् ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिटमाथि जारी आजको सुनुवाइमा सुरूमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायपालिकालाई प्रभावित पार्न खोजेको बताए ।

जवाफमा प्रधानन्यायाधीश जबराले अदालत कोही कसैबाट प्रभावित नहुने भन्दै सुनुवाइ अघि बढाउन रूलिङ गरे ।

प्रधानमन्त्रीले रिटमाथि न्यायालयमा बहस गर्न गएका कानुन व्यवसायीलाई ‘तमासा देखाउन गएको’  भनेर टिप्पणी गरेर न्यायालयको मानहानी भएको अधिवक्ता त्रिपाठीले दाबी गरे ।

लगत्तै प्रधानन्यायाधीश जबराले प्रधानमन्त्रीले मात्र नभई पूर्वप्रधानमन्त्रीहरुले बोलेका कुराहरू पनि न्यायालयको गरिमाविपरीत रहेको जिकिर गर्दै तत्काल बजारका त्यस्ता कुराहरुमाथि आफूहरु केन्द्रित नहुने प्रस्ट पारे ।

‘अहिलेका पूर्वका सबैका कुरा सुन्ने हो भने सबैलाई ल्याउनुपर्ने स्थिति हुन्छ । बजारमा आएका हल्लाका भरमा जाने हो भने क–कसलाई जम्मा गरेर साध्य हुन्छ ? कसले के गरे, कसले के भने भन्नेतिर नजाऊँ,’ उनले भने ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटहरुमाथि केन्द्रित रहेर यस विषयलाई छिटो टुङ्ग्याउँदै मुलुकलाई निकास दिनु अहिलेको प्राथमिकता रहेको बताए ।

 

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : २० बजे

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर

कांग्रेस उपसभापति गुरुङद्वारा अग्नि प्रभावित क्षेत्र निरीक्षण

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङले

इलाम र बझाङमा माओवादीको दहीच्युरे नीति किन?

काठमाडौं – प्रतिनिधि सभामा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)

एक ढिक्का भएर कांग्रेसलाई बलियो बनाउनुपर्छ : शेखर कोइराला

बाँके –नेपाली काग्रेसका वरिष्ठ नेता डा शेखर कोइरालाले पार्टीलाई बलियो