कोरोनाले विदेशमा थप ९ नेपालीको मृत्यु « Khabarhub

कोरोनाले विदेशमा थप ९ नेपालीको मृत्यु


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना, कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको निधन भएको हो।

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोरोनाले २० देशमा ३ सय २७ नेपालीको मृत्यु भएकोछ ।

संघको स्वास्थ्य समितिका संयोजक सञ्जिव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९५ प्रतिशत हो ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  १ : ३५ बजे

निर्धारित मितिमै निर्वाचन हुन्छ : मन्त्री घिसिङ

मन्थली– ऊर्जा जलस्रोत एवं सिँचाइमन्त्री कुलमान घिसिङले सरकारले निर्धारित मितिमै

रविले प्रधानमन्त्रीलाई सुनाए पोल : कांग्रेस–एमाले निर्वाचन बिथोल्दैछन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जेलबाट छुटेपछि आइतबार

जापानको उपग्रह प्रक्षेपणमा असफलता, जीपीएस सुधार योजना प्रभावित

टोकियो– जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार, सोमबार प्रक्षेपण

‘पूर्णबहादुरको सारङ्गी’को क्रिडिट लिन पाएका तीनै फिल्म फ्लप

काठमाडौं – ०८१ कात्तिकमा प्रदर्शनमा आएको ‘पूर्णबहादुरको सारङ्गी’ व्यापारिक रुपमा

जाडो बढेसँगै ताप्लेजुङका हिमाली बस्ती सुनसान

ताप्लेजुङ– केहीदिन यतादेखि चिसो बसेसँगै जिल्लाका हिमाली क्षेत्रका बस्तीहरू सुनसान भएका