जनगणनाका लागि ४७ हजार कर्मचारी माग « Khabarhub

जनगणनाका लागि ४७ हजार कर्मचारी माग


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अर्को वर्ष हुने जनगणनाका लागि सरकारले करारमा ४७ हजार कर्मचारी माग गरेको छ।

आगामी वर्ष २०७८ मा राष्ट्रिय जनगणना हुँदैछ। त्यसका लागि केन्द्रीय तथ्यांक विभागले ३९ हजार गणक र आठ हजार सुपरिवेक्षक माग गरेको हो।

जनगणनाका लागि सबै कर्मचारी करारमा नियुक्त गरिनेछ। यसका लागि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ।

केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर चैत ११ गतेदेखि अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। दरखास्तका लागि ६० दिनको म्याद दिइएको छ।

अनलानइको पहुँच नभएकाहरुले जिल्ला तथा प्रदेश जनगणना कार्यक्रमको कार्यालयमा गएर दरखास्त दिन सक्ने विभागले जनाएको छ। कार्यालयमा भने चैत ५ देखि ११ गतेसम्म दिन सकिने व्यवस्था गरिएको छ।

गणक र सुपरिवेक्षकका लागि कम्तिमा स्नातक तह वा सोसरह उत्तीर्ण गरेको हुनुपर्नेछ। एक जनाले एक पदका लागि मात्रै दरखास्त दिनसकिनेछ।

जनगणनामा करिब चार अर्ब बजेट विनियोजन भएको विभागले जनाएको छ। वैशाखमा चुनाव भएपनि जनगणनालाई असर नपर्ने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविन लाल श्रेष्ठले बताए।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ११ : ३० बजे

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता

जनताले परिवर्तन चाहेपछि कुनै शक्तिले रोक्न सक्दैन : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको

सांसदहरूलाई रविले भने : प्रशस्त पानी पिउनुस्, पिसाब रोक्दै नरोक्नुस्  

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पिसाबको इन्फेक्सनबाट आफू