जनगणनाको गणक र सुपरिवेक्षकका लागि यसरी दिनुहोस् आवेदन « Khabarhub

जनगणनाको गणक र सुपरिवेक्षकका लागि यसरी दिनुहोस् आवेदन



काठमाडौँ– सरकारले जनगणना २०७८ का लागि करारमा गणक तथा सुपरिवेक्षक भर्ना गर्न अनलाईन मार्फत दरखास्त कार्यक्रम सुरू गरेको छ ।

जसका लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा नियुक्त गर्न लागिएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

करारमा जनशक्ति अभाव भएमा स्थानीय सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने विभागका महानिर्देशक नोविनलाल श्रेष्ठले बताए ।

गणक तथा सुपरिवेक्षक छनोटका लागि स्थानीय व्यक्तिलाई प्राथामिकता दिने गरी दिएको अधिकार प्रयोग गरी राष्ट्रिय जनगणना निर्देशक समितिले राष्ट्रिय जनगणना सञ्चालन निर्देशिका, २०७७ जारी गरेको छ ।

उक्त निर्देशिका बमोजिम गणक तथा सुपरिवेक्षक भर्ना प्रक्रियाका लागि विभागले तयार गरेको अनलाईन जनशक्ति भर्ना प्रणालीमार्फत इच्छुकले दरखास्त आवेदन दिन सक्नेछन् ।

जनगणना सर्वेक्षणको लागि सरकारले ४ अर्ब बजेट छुट्याएको छ । जसमा तथ्याङ्क संकलनकै लागि २ अर्बभन्दा बढी रकम खर्च हुने श्रेष्ठले बताए ।

‘गणनाका लागि कर्मचारी खटाएर काम गर्नुपर्ने हुँदा बढी रकम तथ्याङ्क संकलनमै खर्च हुन्छ । यसलाई हामीले चुनौतीभन्दा पनि अवसरका रुपमा लिनुपर्छ ।’

त्यस्तै आगामी निर्वाचनले जनगणनालाई प्रभावित नपार्ने राष्ट्रिय योजना आयोगका सचिव केवल प्रसाद भण्डारीले बताए ।

यस्तो छ आवेदनको प्रक्रिया

विशेषगरी स्थानीय तहमा बेरोजगार भएकाहरुका लागि लक्षित गर्दै ल्याएको यो अवसरमा इच्छुक आवेदकहरुले आजको मितिबाट चैत्र १२ गतेसम्म ६० दिनभित्र फाराम भर्न सकिनेछ ।

जसका लागि केन्द्रीय तथ्याङ्क विभागको वेवसाइट अन्तर्गतको सवडोमेनमा गई अनलाईन दरखास्त भर्न सकिनेछ ।
आवेदकका लागि सहज बनाउन वेभसाईटमा नमुना फाराम समेत राखिएको छ ।

चैत्र १ गतेबाट प्रत्येक प्रदेश तथा जिल्लामा प्रदेश/जिल्ला जनगणना कार्यालय खोलिने भएकाले चैत्त ५ देखि ११ गतेसम्म दरखास्त फाराम उक्त कार्यालयमा बुझाउनुपर्नेछ ।

स्नातक तह वा सो सरहको शैक्षिक योग्यता पुरा गरेका नागरिकले सुपरिवेक्षक र गणक दुवैका लागि दरखास्त गर्न सक्नेछन् । यद्यपी भर्ना भने एक पदका लागि मात्र हुनेछ ।

गणकका लागि दश जोड दुई तह वा सो सरह उर्तीण भएको र सुपरिवेक्षकको लागि स्नातक तह वा सो सरह उर्तीण भएको हुनुपर्नेछ ।

त्यस्तै उमेरको हकमा दरखास्त बुझाउने अन्तिम दिनसम्म पुरुषको लागि १८ वर्ष पुरा भई ४० ननाघेको र महिलाको हकमा १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ ।

देशका जुनसुकै भुभागबाट पनि उम्मेदवारले योग्यताका आधारमा दरखास्त फाराम भर्न पाउनेछन् भने फाराम बुझाउन कुनै शुल्क लाग्ने छैन ।

छनोटमा परेकाहरुलाई स्थानीय बसोबास भएको ठेगानामा काम गर्न प्राथामिकता दिइनेछ ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ३ : १५ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले