फरक शैलीमा तेस्रो किताब जात्रा « Khabarhub

फरक शैलीमा तेस्रो किताब जात्रा


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अघिल्ला दुई संस्करण पाँच तारे होटल भएको ‘किताब जात्रा’ यसपटक भर्चुअल रुपमा हुने भएको छ ।

कोभिड १९ को महामारीको कारण जनाउदै आयोजक किताब यात्रा फाउण्डेसनले आगामी माघ १७ देखि २३ गतेसम्म भर्चुअल रुपमा ‘नबिल किताब जात्रा २०७७’ आयोजना गर्न लागेको हो ।

काठमाडौँमा आइतबार पत्रकार माझ जात्रा निर्देशक ऋषिराम अधिकारीले यसपटक आमसञ्चारको माध्यमलाई प्रयोग गर्दा ‘किताब जात्रा’ आयोजना गर्न लागेको बताए ।

‘हामीले कोभिड–१९ को कहर अवस्थामा पनि वर्षको शुरुवातमै ‘भर्चुअल लिटरेचल फेस्टिबल’ गर्यौ । यो कार्यक्रमको सफलतापछि ‘किताब जात्रा’लाई पनि भर्चुअल रुपमै गर्ने निचोडमा पुग्यौं’, उनले भने, ‘यसपटक अघिल्ला संस्करणको जस्तो स्टल राखेर पुस्तक बिक्री गर्ने छैनौं । हामी अनलाइनमार्फत पाठकमाझ पुस्तक पुर्‍याउनेछौं । भाषा साहित्य, सिनेमा, समाज उद्यमलगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु समावेश ७ वटा सेसनलाई एपीवान एचडी टेलिभिजनमार्फत प्रसारण गर्नेछौं ।’

जात्राकी सहजकर्ता शकुन्तला जोशीले आफूहरुले सात वटा प्रदेशमा ‘किताब जात्रा’ गर्ने योजना बनाए पनि कोभिडका कारण त्यो हुन नसकेको बताइन् । उनले ती कार्यक्रमलाई भर्चुअल रुपमा प्रस्तुत गर्ने जनाइन् ।

यसवर्षका लागि जात्राको शीर्ष प्रायोजक नबिल बैंकका सिइओ अनिल केशरी शाहले किताब जात्राले विगत नहेरी भविष्यलाई हेर्ने बताए । उनले मानिसहरुलाई शारीरिक रुपमा तन्दुरुस्त हुन व्यायामको आवश्यकता परेझैं मानसिक रुपमा तन्दुरुस्त हुन पठनपाठनको आवश्यकता पर्ने औंल्याए ।

आयोजकका अनुसार कार्यक्रममा कुमार नगरकोटीको विशेष काव्यिक प्रस्तुति हुनेछ । महोत्सवका सेसनहरु एपी वान टेलिभिजनबाट हरेक दिन बेलुका छ बजेदेखि ७ बजेसम्म र अन्तिम दिन २३ गने ५ बजेदेखि ७ बजेसम्म प्रसारण हुनेछ ।

किताब जात्राका सम्पूर्ण सेसन ’किताब यात्रा एप’बाट पनि हेर्न सकिनेछ । कार्यक्रममा नेपाली वाङमयका क्षेत्रमा योगदान दिने विशिष्ट व्यक्तिलाई ‘प्रेम साहित्य सम्मान’बाट सम्मान गर्ने, किताबयात्रा डटकमबाट सर्वाधिक बिक्री हुने पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ४ : ०५ बजे

‘इजरायली आक्रमणले लेबनानमा राहत र उद्धार कार्य प्रभावित’

एजेन्सी– दक्षिणी लेबनानमा इजरायली सेनाले आक्रमण तीव्र बनाउँदै जाँदा आपतकालीन

जन्मथलो छाड्न बाध्य युवाको कथामा आधारित ‘कर्णाली तिर’ सार्वजनिक (भिडियो)

काठमाडौं– गायक अर्जुन सुनारको नयाँ गीत ‘कर्णाली तिर’ को म्युजिक

विद्युतमा कर लगाउने सरकारको निर्णयप्रति कुलमानको आपत्ति, तत्काल फिर्ता लिन माग

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५०

जनताको अपेक्षा सम्बोधन गर्ने बजेट आएको छ : सञ्चारमन्त्री 

नुवाकोट– सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले आगामी आर्थिक वर्ष २०८३-८४

अर्थ मन्त्रालयको वेबसाइटबाट हरायो आर्थिक विधेयक

काठमाडौं- आर्थिक विधेयक २०८३ अर्थ मन्त्रालयको वेबसाइटबाट हराएको छ ।