प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन « Khabarhub

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अदालतको अवहेलनाको निवेदन


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको निवेदन पेस भएको छ ।

प्रतिनिधिसभा विघटन सम्बन्धमा संवैधानिक इजलासमा सुनुवाइ भइरहेको मुद्दामा प्रधानमन्त्री ओलीले पटक-पटक टिप्पणी गरेपछि उनीविरुद्ध अवहेलनाको निवेदन दर्ता भएको हो ।

अधिवक्ता कुमार शर्माले कारवाहीको माग गर्दै निवेदन पेस गरेका हुन् । विचाराधीन मुद्दालाई प्रभावित गर्ने गरी पटक-पटक ओलीले अभिव्यक्ति दिएको आरोप लगाउँदै उनले निवेदन पेस गरेका हुन ।

केही दिन अघि ओलीले अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल अदालतमा बहसो नाममा तमासा गर्न गएको भन्दै टिप्पणी गरेका थिए ।

ओलीले ‘एकजना बाजे वकिलहरुलाई पनि लिएर गएछन् बहस गर्न, यो के तमासा गरेको हो’ भन्ने अभिव्यक्ति दिएका थिए ।

ओलीमाथि कानून व्यवसायीमाथि जथाभावी बोलेको र अदालतमा विचाराधीन विषय प्रभावित पार्न खोजेको आरोप लगाइएको छ ।

यसैबीच, बारका पूर्व अध्यक्षहरु वरिष्ठ अधिवक्ता हरिहर दाहाल, शम्भु थापा, प्रेमबहादुर खड्का र शेरबहादुर केसीले संयुक्तरुपमा विज्ञप्ति निकालेर कानून व्यवसायीमाथि प्रधानमन्त्रीले निर्लज्ज व्यवहार देखाएको आरोप लगाएका छन् ।

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ५ : ०० बजे

टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी

काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा

दक्षिण कोरियामा रोजगारी बढ्यो

एजेन्सी– पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौं– काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन

सडक आश्रित मानवमुक्त घोषणा गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिकाबाट करिब आठ वर्षको अवधिमा दुई हजार ९१९

आक्रमक र उत्तेजक रवि यसपटक जिम्मेवार र परिपक्व देखिए

काठमाडौं- चुनावको धोपडीले थाकेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने