बेरुजु फर्छ्यौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत « Khabarhub

बेरुजु फर्छ्यौटमा योगदान पुर्‍याउने प्रहरी पुरस्कृत


११ माघ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले बेरुजु फर्छ्यौटमा उत्कृष्ट बनाउन महत्वपूर्ण भूमिका खेल्ने प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बेरुजु फर्छ्यौट गरी नेपाल प्रहरीलाई सर्वोत्कृष्ट तुल्याउने कार्यमा योगदान पुर्‍याउने प्रहरी अधिकृतलाई कार्यालयमा एक समारोहमा रु आठ हजार नगदसहित प्रशंसापत्र प्रदान गरे ।

आव २०७६/७७ मा गृह मन्त्रालय मातहतका कार्यालयमध्ये नेपाल प्रहरी ९५.४६ प्रतिशत बेरुजु फर्छ्यौट गरी यसपालि पनि उत्कृष्ट हुन सफल भएको छ ।

पुरस्कृत हुने प्रहरी अधिकृतहरुमा प्रहरी वरिष्ठ उपरीक्षक दीपक थापा, प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकी, प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदार, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी सहायक निरीक्षक बलबहादुर बस्नेत रेहेका छन ।

प्रहरी प्रधान कार्यालय र अन्तर्गतका कार्यालयको २०७६ साउनदेखि २०७७ असार मसान्तसम्म ९० प्रतिशत बेरुजु फर्छ्यौट गर्ने वार्षिक लक्ष्य रहेकामा नेपाल प्रहरीले लक्ष्यभन्दा बढी ९५.४६ प्रतिशत बेरुजु फछ्र्याैट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

बेरुजु फर्छ्यौट मापनको वर्गीकरणमा आव २०७३/७४, आव २०७४/७५ र आव २०७५/७६ मा पनि नेपाल प्रहरी उत्कृष्ट बन्न सफल भएको थियो ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले मिहिनेतका साथ काम गर्ने प्रहरी कर्मचारीप्रति आभार व्यक्त गर्दै यस कार्यमा पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र ठाकुरप्रसाद ज्ञवालीको समेत योगदान रहेको स्मरण गरे ।

प्रकाशित मिति : ११ माघ २०७७, आइतबार  ८ : ३१ बजे

‘कृषि क्षेत्रमा संरचनागत दोहोरोपना हटाउन आवश्यक छ’

पाटन– कृषि क्षेत्रमा रहेका संरचनागत दोहोरोपना हटाउन प्रदेश–प्रदेशबीचको सहकार्य आवश्यक

लालीगुराँस संरक्षण अभियान सञ्चालन गर्दै जन्तेढुङ्गा

खोटाङ– जन्तेढुङ्गा गाउँपालिकाले नेपालको राष्ट्रिय फूल लालीगुराँसको संरक्षण गर्ने उद्देश्यले ‘लालीगुराँस

शान्ति वार्ता निष्कर्षविहीन भएपछि इरान-अमेरिका युद्धविराम अन्यौलमा

काठमाडौं- पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच चलेको शान्ति वार्ता

मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ?

काठमाडौं- सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।

राजेन्द्र बजगाईंले त्यागे कांग्रेस 

काठमाडौं– पूर्वसांसद समेत रहेका राजेन्द्र बजगाईं (राज) ले नेपाली कांग्रेस