नेकपाको ओली समूहले बोलायो स्थायी कमिटी बैठक « Khabarhub

नेकपाको ओली समूहले बोलायो स्थायी कमिटी बैठक


१२ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को ओली समूहले स्थायी कमिटी बैठक बोलाएको छ ।

सर्वोच्च अदालतको फैसलापछिको परिस्थितिका विषयमा छलफल गर्न बैठक बोलाइएको एक नेताले बताए ।

आकस्मिक भनिएको बैठकको एजेन्डा भने नखुलाइएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई मंगलबार सर्वोच्च अदालतले बदर गरेपछिको उत्पन्न परिस्थितिका बारेमा छलफल हुने उनले बताए ।

बैठक ११ बजेलाई बालुवाटारमा बोलाइएको छ ।

प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचतको मिति घोषणा गरेकी थिइन्।

सरकारको यो कदम असंवैधानिक भन्दै सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। त्यसमाथि लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो।

यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०७७, बुधबार  ८ : ०९ बजे

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी